arrow

चीनको कडा कानुनका कारण भविष्यबारे हङकङबासी चिन्तित

logo
एजेन्सी
प्रकाशित २०७८ साउन ४ सोमबार
hongkong-police-china.jpg
फाइल तस्बिर

हङकङ। हङकङका अधिकांश मानिसहरू चीनले लागु गरेको नयाँ सुरक्षा कानुनको कडा प्रावधानका विषयलाई लिएर निकै चिन्तित छन्। चीन सरकारले गत वर्षको जुन अन्तिममा हङकङमा जारी गरेको नयाँ सुरक्षा कानुनको विषयलाई लिएर हङकङबासीहरू चिन्तित बनेका हुन्।

हङकङमा उक्त कानुन लागु भएसँगै विश्वभरका प्रजातन्त्रवादी मुलुकहरूले विरोध गरेका थिए। यससँगै उनीहरूले हङकङको स्वतन्त्रता र स्वाधीनता चीनले खोसेको र बेलायतसँग भएको सम्झौता उल्लङ्घन गरेको आरोपसमेत लगाइएको थियो।

मेनल्याण्ड अफेयर्स काउन्सिललाई उद्धृत गर्दै ताइपे टाइम्सले ६० प्रतिशतभन्दा बढी मानिसहरूले गत वर्ष जुनमा लागु गरेको कडा कानुनको प्रावधानका विषयलाई लिएर चिन्तित भएको जनाएको छ।

उक्त क्षेत्र चीनलाई हस्तान्तरणको २४ औँ वार्षिकोत्सव मनाउने क्रममा जारी गरिएको प्रतिवेदनमा काउन्सिलले अमेरिकामा रहेको फ्रिडम हाउसले मार्चमा हङकङलाई स्वतन्त्रताको हिसाब ५२ औँ स्थानमा रहेको देखाएको थियो। पछिल्लो वर्ष हङकङमा स्वतन्त्रताको अवस्था निकै कमजोर भएको जनाइएको छ। 

जर्मनीको ग्लोबल पब्लिक पॉलिसी इन्स्टिच्युट र रिपोर्टर विथआउट बोर्डरले पनि त्यस्तै क्षेत्रको शैक्षिक र प्रेस स्वतन्त्रताको अवस्था सम्बन्धित प्रतिवेदनमा निकै खराब अवस्था रहेको जनाएको थियो।

यसैबीच, सुरक्षा कानुन अन्तर्गत हङकङमा केही महिनामा कार्यकर्ताहरू, विद्यार्थीहरू, पत्रकारहरू सहित धेरै व्यक्तिहरू पक्राउ परेका छन्। कानुन पारित हुनु अघिदेखि राजनीतिज्ञदेखि शिक्षाविद् र पत्रकारसम्मले गरेका भाषणलाई आधार मान्दै पक्राउ गर्ने, मुद्दा चलाउने र यातना दिने गरेका छन्। जसका कारण पनि हङकङबासीहरू बढी चिन्तित भएको बिजनेस स्ट्यान्डर्डले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ