arrow

अफगानिस्तानको अवस्था नियन्त्रणबाहिर रहेको पाकिस्तान राष्ट्रिय सुरक्षा सल्लाहकारको बुझाई

logo
एजेन्सी
प्रकाशित २०७८ साउन ४ सोमबार
afghanistan-taliban-recapture.jpg
फाइल तस्बिर

इस्लामावाद। अफगानिस्तानको अवस्था नियन्त्रणबाहिर गएको पाकिस्तानी राष्ट्रिय सुरक्षा सल्लाहकार डा. मोइद युसुफले जनाएका छन्। पाकिस्तानमा शरणार्थीजस्तै बसिरहेका तालिबानले अफगानिस्तानमा आक्रमणहरू बढाएकोप्रति सङ्केत गर्दै उनले अफगानिस्तानको अवस्था नियन्त्रणबाहिर गएको बताएका छन्।

पाकिस्तानी संसद्को विदेश मामिला समितिको बैठकमा बोल्दै उनले पछिल्लो अफगानिस्तानको अवस्थाबारे जानकारी गराएका हुन्। द एक्सप्रेस ट्रिब्युनका अनुसार उक्त बैठकमा पाकिस्तानी विदेश मन्त्री साह मोहम्म कुरेशी पनि सहभागी रहेका थिए।

अफगानिस्तानको पछिल्लो तस्बिरबारे चर्चा गर्दै विदेश मन्त्री युसुफले भने, "अवस्था निकै खराब छ। अवस्था पाकिस्तानको नियन्त्रणभन्दा बाहिर गइसकेको छ ।" 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेप्टेम्बरसम्ममा आफ्ना सेनाहरू सम्पूर्ण रुपमा फिर्ता गरिसक्ने घोषणा गरेपछि तालिबानले आक्रमणलाई तीव्र बनाएको हो। तालिबान समूहले अफगानिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गर्दै कब्जा गर्ने कुरालाई निरन्तरता दिइरहेको छ।

अफगान विज्ञका अनुसार तालिबान राष्ट्रपति असरफ घानीसँग कुनै संवादमा नरहेको बताइएको छ। पाकिस्तानी सेना र गुप्तचरको सूचना अनुसार अफगानिस्तानमा आतङ्कवाद निकै तीव्र गतिमा बढिरहेको टाइम्स अफ इन्डियाले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ