arrow

सिद्धु बने कांग्रेस पञ्जाबको नयाँ कप्तान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
navjot-sidhu.jpg
तस्वीर–फाइल ।

काठमाडौं । भारतीय क्रिकेटका पूर्व खेलाडी नवोजोत सिंह सिद्धु कांग्रेस आईका नयाँ अध्यक्ष बनेका छन् । उनी पंजाब युनिटका अध्यक्ष बनेका हुन् । राज्यमा लामो समयसम्म चलेको खिचातानीपछि बल्ल उनको नियुक्ति भएको हो । 

उनले कयौं मुद्दामा क्याप्टेन अमरिन्दर सिंह सरकारको विरुद्धमा खुलेआम विरोध गरेका थिए । यो विवाद सुल्झाउन हाइकमान्डले चार सूत्र पनि तयार गरेको थियो । यसकै आधारमा कांग्रेस आईकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले सिद्धुलाई अध्यक्ष बनाएकी हुन् । 

सिद्धुसँगै चार कार्यकारी अध्यक्ष पनि बनाइएको छ । कलजीत नागरा, पवन गोयल, सुखविन्दर सिंह डया्नी र संगत सिंहलाई यो जिम्मेवारी दिइएको छ । 

सिद्धुलाई यी चार जनासँग तालमेल मिलाउने जिम्मा रहेको छ । प्रश्न यो पनि खडा भएको छ कि कांग्रेसका मुखिया बनेपछि सिद्धुले अमरिन्दर सिंहसँग कहिले माफी माग्छन् । 

गत शनिबार चन्डीगढमा सोनिकाको सन्देश लिएर पुगेका पंजाब कांग्रेस प्रभारी हरिश रावतसँगको छलफलमा सिंहले जबसम्म सिद्धुले सार्वजनिक रुपमा माफी माग्दैनन् तबसम्म सिद्धुसँग भेट्ने छैनन् । 

अब उनले कहिले माफी माग्लान् भन्ने प्रश्न खडा भएको हो । 

सिद्धु राम्रा सायर पनि पनि हुन् । क्रिकेट खेल्न छाडेपछि कमेन्ट्री पनि गरेका सिद्धुले हरेक वाक्यलाई शायरीमा ढालेर कमेन्ट्री गर्ने गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ