arrow

पाकिस्तानमा ट्रक र बस ठोक्किँदा ३० को मृत्यु, ४० बढी घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
bus-truck-accident-pakistan.JPG

काठमाडौं । पाकिस्तानमा भयानक सडक दुर्घटना भएको छ । पंजाब प्रान्तमा सोमबार बस र ट्रक ठोक्किँदा ३० जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । 

मृत्यु हुनेमा महिला तथा बालबालिका पनि हुन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घटना मुजफ्फरगढको डेरा गाजी खान नजिक इन्डस हाइवेमा भएको हो । 

सियालकोटबाट राजनपुरतर्फ गइरहेको बस दुर्घटनामा परेको डन न्यूजले बताएको छ । दुर्घटनामा मृत्यु भएकाहरु ईद मनाउन आफ्नो घर जाँदै थिए । 

उक्त इलाकाका कमिशनर डा. इरशाद अममदले समयमै राहत र उद्धारको टिम पुगेको बताएका छन् ।

दुर्घटना हुनासाथ स्थानीयले उद्धार गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ