arrow

देउवालाई मोदीको फोनः भारतले कोरोना विरुद्धको खोप दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
deuba-modi.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच खोप सहयोगबारे टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीले देउवालाई आज सोमबार फोन गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवासँग कुराकानी भएको उल्लेख गरेका छन् । उनले ट्वीटमा दुई देशबीच आपसी सहकार्य हुने भन्दै देउवालाई बधाइ दिएको भनेका छन् । यस्तै कोरोना महामारीको लडाइँमासमेत सँगै लडाइ लड्ने मोदीले ट्वीटमा लेखेका छन् ।

प्रधानमन्त्री देउवा निकट स्रोतले समेत कोरोना बिरुद्धको खोप सहयोग गर्न भारत तयार रहेको जवाफ आएको जनाएको छ । मोदीले तत्कालै आवश्यक खोप उपलब्ध गराउने जवाफ दिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ