arrow

इङ्ल्याण्डको प्रतिबन्ध खुकुलो, मास्क अनिवार्य गरिएन, नाइट क्लब जान भ्याक्सिन पासपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
night-club-england.JPG

काठमाडौं । इङ्ल्यान्डमा सोमबार मध्यरातदेखि कोभिड–१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाइएको छ । कोभिड–१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाइएपछि त्यहाँ अब दूरी कायम गर्न यसअघि लागू गरिएका सबै कानूनी ब्यवस्थाहरू अब हट्ने छन् ।

सामाजिक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि त्यहाँका सार्वजनिक स्थानमा हिडडुल गर्दा वा काम गर्दा मास्क लगाउनु अनिवार्य हुने छैन । 

लामो समयदेखि पूर्ण सञ्चालनमा नल्याइएका रात्रिक्लबहरूलाई फेरि खोल्न दिइने छ साथै सामुहिक जमघटका लागि पहिला तोकिएको सङ्ख्यासम्बन्धी प्रावधान अन्त्य हुनेछन् । 

कोभिड–१९ विरूद्धको खोप अभियानका कारण महामारीलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिएको भएपनि अझै महामारी पूर्ण रोकिएको भने छैन । 

इङ्ल्याण्डमा सोमबार मात्रै ३९ हजार ९५० जना संक्रमित थपिएका छन् । १९ जनाको ज्यान गएको छ । अहिलेसम्म ५४ लाख ७३ हजार ४७७ जना संक्रमित भइसकेका छन् । १ लाख २८ हजार ७२७ जनाको ज्यान गइसकेको छ । अझै ९ लाख २८५ जना सक्रिय संक्रमित छन् । 

आइतबारमात्रै त्यहाँ ४८ हजार २३ संक्रमित थपिएका थिए भने २५ जनाको ज्यान गएको थियो । त्यस्तै शनिबार ५४ हजार ३४९ जना संक्रमित थपिँदा ४१ जनाको ज्यान गएको थियो । 

नाइट क्लब जान भ्याक्सिन पासपोर्ट
इङ्ल्याण्डका प्रधानमन्त्री बोरिस जोन्सनले युवाहरुलाई चेतावनी दिँदै नाइट क्लबमा जानका लागि खोप अनिवार्य गरेका छन् । उनले कोरोना अझै नरोकिएको भन्दै युवाहरुलाई मस्तीमा छुट भए पनि खोप भने लगाएको हुनुपर्ने बताए । 

उनले नाइट क्लब र अन्य भीडभाडयुक्त क्षेत्रमा सहभागी हुनका लागि ‘भ्याक्सिन पासपोर्ट’ अनिवार्य गरिएको बताए । 

नाइट क्लब जान दुवै डोज खोप लगाएको प्रमाण दिनुपर्नेछ । जोन्सन स्वतन्त्रता दिनका लागि दवावमा भए पनि अझै कोरोना नहटेकामा चिन्तित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ