arrow

भारतमा पटक पटक भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
earthquake-final.jpeg

काठमाडौं । भारतमा बुधबार बिहानै भूकम्प गएको छ । राजस्थानको बिकानेरमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ५ः२४ बजे भूकम्प गएको हो । अहिलेसम्म क्षतिको विवरण नआएको जनाइएको छ । 

भूकम्पको झड्का राजस्थानभन्दा पहिले मेघालयमा महसुस गरिएको थियो । त्यहाँ राति २ बजेर १० मिनेटमै ४.१ रेक्टर स्केलको आएको बताइएको छ । 

त्यस्तै लेह लद्दाखमा बिहान ४ः५७ बजे भूकम्पको धक्का महसुस गरिएको थियो । यसको नोक्सानको खवर पनि आएको छैन । 

यसअघि १८ जुलार्यमा गुजरातमा भूकम्पको धक्का महसुस गरिएको थियो । त्यतिबेला ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो । जुलाईमा हिमाचल प्रदेश, असम, बंगाल र दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ