arrow

बेलायतले एसिया प्यासिफिकमा स्थायीरूपमा युद्धपोत परिचालन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
british warship.jpg

काठमाडौं । एसियाली जल क्षेत्रमा बेलायतले स्थायीरूपमा दुई युद्धपोत परिचालन गर्ने घोषणा गरेको छ । गत सेप्टेम्बरमा विमान वाहक बेलायती पानी जहाज क्विन एलिजाबेथ एसियाली जल क्षेत्रमा पुगेको थियो ।

खास गरी दक्षिण चीन सागरमा चीनको बढ्दो प्रभुत्व र ताइवानमाथि चीनको महत्त्वाकाङ्क्षा बढिरहेका बेला बेलायतले जापानसँगको समन्वयमा यस्तो घोषणा गरेको हो ।

जापानका रक्षा मन्त्री नोबु किशिसँग संयुक्त वक्तव्य जारी गर्दै बेलायतका रक्षा मन्त्री बेन वालेशले 'एसियाली जल क्षेत्रमा स्थायी रूपमा दुई युद्धपोत परिचालन गर्ने' बताएका हुन् । दुवै रक्षामन्त्रीबीचको वार्ता पछि यस्तो वक्तव्य जारी भएको हो ।

'स्वतन्त्र र खुला ईन्डो प्यासिफिकका लागि यो क्षेत्रमा स्थिति परिवर्तन गर्न खोज्नेको विरोध गर्ने' बेलायती  विदेश मन्त्री वालेशको भनाइ छ । यो निर्णयसँगै पेन्टागनले समेत बेलायतलाई बधाई दिएको छ ।

एसियाली जल क्षेत्रमा चीनका बढ्दो महत्वकांक्षाविरुद्ध जापान, अमेरिका, अष्ट्रेलिया र बेलायतले सुरक्षा क्षेत्रमा विभिन्न कदम चाल्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ