arrow

भारतीय सेनामा महिला सैनिक प्रहरी भर्ना

logo
एजेन्सी
प्रकाशित २०७८ साउन ६ बुधबार
indian-army-women.jpg

नयाँ दिल्ली । भारतको बेंगलरुस्थित द कोर्प अफ मिलिटेरी पुलिस सेन्टर एण्ड स्कुलले पहिलो ब्याचको महिला सैनिक प्रहरी भर्ना गरेको छ ।

मिलिटेरी पुलिसले महिला सैनिक प्रहरी भर्ना गरी बेंगलरुस्थित द्रोणाचार्य परेड ग्राउन्डमा पहिलो ब्याचलाई उतारेको छ। यस क्रममा ८३ जना महिला सैनिक प्रहरीले परेड प्रदर्शन गरेका हुन् । 

भारतीय सेनाले पहिलो ब्याचमा ८३ जना महिलालाई कोर्प अफ मिलिटेरी पुलिसमा भर्ना गरेको हो । 

महिला सैनिक प्रहरी गैर कार्यकारी अधिकारीमा भर्ना गरिएको यो पहिलो उदाहरण हो । 

कोभिड १९ को स्वास्थ्य मापदण्ड अपनाउँदै महिला सैनिक प्रहरीको परेड प्रदर्शन गरिएको हो । कोर्प अफ मिलिटेरी पुलिस सेन्टर एण्ड स्कुलका कमान्डरले महिला सैनिक प्रहरीलाई बधाई दिँदै ६१ हप्तासम्म हुने प्रशिक्षण सफलताको शुभकामना दिएका छन् । 

प्रशिक्षणमा आधारभूत सैन्य ज्ञान, सबै प्रकारको प्रहरी जिम्मेवारी, युद्ध कैदीहरूको व्यवस्थापन तथा इसाराद्वारा सञ्चार गर्नेबारे प्रशिक्षण दिइने सेनालाई उद्धृत गर्दै हिन्दुस्तान टाईम्सले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ