arrow

भारतमा राज्य सरकारले प्रत्यक्ष स्वास्थ्य सामाग्री आयात गर्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
covid-19-india.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। भारतमा राज्य सरकारले कोभिड विरुद्ध स्वास्थ्य सामग्रीहरू प्रत्यक्ष आयात गर्न सक्ने अधिकार प्राप्त गरेका छन् । 

भारतमा राज्य तथा केन्द्र शासित क्षेत्र सरकारले कोभिडको स्वास्थ्य सामग्रीहरू प्रत्यक्ष रूपमा आयात गर्न सक्ने केन्द्र सरकारले अनुमति दिएको हो। 

केन्द्र सरकारले राज्य तथा केन्द्र शासित क्षेत्रलाई प्रत्यक्ष रूपमा स्वास्थ्य सामग्री खरिद तथा अनुदान लिन अनुमति दिएको हो । 

स्वास्थ्य सामग्री आयातका लागि केन्द्र सरकारले सम्पूर्ण रूपमा भन्सार तथा सेवा कर छुट समेत गरेको छ । 

भारतमा कोरोना भाइरस सङ्क्रमणको महामारीमा सरकारले राज्य तथा केन्द्र शासित क्षेत्रहरूलाई प्रत्यक्ष स्वास्थ्य सामाग्री आयात गर्ने अधिकार दिएको हिन्दुस्तान टाईम्सले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ