arrow

चीनको हेनान प्रान्त बाढीले डुब्यो, कम्तीमा २५ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
flood-china.jpg

काठमाडौं । चीनको हेनान प्रान्तमा आएको बाढीमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । सात जना बेपत्ता भएका छन् । लगातारको वर्षाले प्रान्तमा ठूलो क्षति पुर्याएको छ । उक्त क्षेत्रबाट दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

बाढी पहिरोका कारण भूमिगत रेलवे सेवा प्रभावित भएको छ । सो क्षेत्रमा जङ्गो नगरमा एउटा रेलमार्गमा बाढीका कारण यात्रुहरु अलपत्र परेका थिए । १६० भन्दा बढी रेल रोकिएका छन् ।

हवाई उडान पनि २६० उडान रद्द गरिएको छ । सुरुङमै पानी पसेपछि यात्रुहरु अलपत्र परे । तीव्र गतिमा आएको बाढीले विभिन्न स्थानमा मानिस र गाडीहरु बगाएको थियो । 

हेनानमा रहेको एप्पल आइफोन उत्पादन केन्द्रमा ठूलो असर पुगेको छ । उक्त उत्पादन कम्पनीले एकै दिनमा ५ लाख आइफोन बनाउने ल्याकत राख्छ । 

राष्ट्रपति सी जिनपिङले बाढीलाई गम्भीर बताएका छन् । उनले सरकारी संचारमाध्यममार्फत केही बाँध टुटेको बताएका छन् । ठूलो नोक्सानी भएकाले गम्भीर स्थिति रहेको उनले बताएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ