arrow

खोप लगाएकी एक डाक्टर कोरोनाका दुई भेरियन्टबाट संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
covid-test-positive-corona.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीको प्रकृति फरक फरक हुँदै गएको छ । सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनको वुहानबाट फैलिन थालेको यो भाइरसले समय समयमा आफ्नो प्रकृति फेर्दै गएको छ । 

एउटै व्यक्तिमा दुई वटा भरियन्टसमेत पाइन थालेको छ । त्यस्तै भएको छ भारतको असमस्थित डिब्रूगढमा एक महिला चिकित्सकमा कोरोनाका दुई दुई वटा भेरियन्ट देखिएका हुन् । उनमा अल्फा र डेल्टा संक्रमण देखिएको हो । 

उनले कोरोनाको दुवै डोज खोप लगाएकी थिइन् । रिजनल मेडिकल रिसर्च सेन्टर डिब्रुगढका सिनियर वैज्ञानिक डा. बीजे बोरकाकोटीको भनाइमा दोहोरो इन्फेक्सन कुनै अन्य मोनो–संक्रमणसँग समान रहेको छ । बिरामीलाई गम्भीर असर गर्छ भन्ने नभएको पनि डा. बोरकाकोटीले बताएका छन् । 

उनले बिरामीलाई एक महिनादेखि अध्ययन गरिरहेको बताइन्छ । अहिले उनी ठीक छिन् । चिन्ताको विषय नभएको पनि बताइन्छ । डा. बोरकाकोटीले दुवै भेरियन्ट एउटै व्यक्तिमा कम देखिन्छन् । संक्रमणपछि एन्टिबडी बन्न २–३ दिनको समय लाग्नेछ ।

इङ्गल्याण्ड, ब्रजिल र पोर्चुगलमा एकै व्यक्तिमा दुई वटा भेरियन्ट देखिए पनि भारतमा भने पहिलो पटक यस्तो घटना भएको हो । 

यसैबीच ती महिला डाक्टरका पति अल्फा भेरियन्ट संक्रमित थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ