arrow

टर्कीका राष्ट्रपतिद्वारा चिनियाँ समकक्षीसँग उइगुरहरुको विषयमा टेलिफोन वार्ता

logo
एजेन्सी
प्रकाशित २०७८ साउन ७ बिहिबार
Recep-Tayyip-Erdogan.jpg.jpeg
फाइल तस्बिर

अंकारा। टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगानले मङ्गलवार चिनियाँ समकक्षी सी जिनपिङसँग टेलिफोन वार्ता गरेको छन्। उक्त टेलिफोन वार्तामा उनले उइगुर मुसलमानको अवस्थाबारे छलफल गरेको टर्कीका सञ्चारमाध्यमहरूले जनाएका छन्।

टर्कीले चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति सम्मान व्यक्त गर्दै समृद्धि, स्वतन्त्रता र शान्तिमा रहेका चीनका सबै नागरिकलाई समान रूपमा व्यवहार गर्नुपर्ने औँल्याएको छ। तुर्कका नागरीहरूले पनि समान अधिकार प्राप्त गर्नुपर्ने महत्त्वलाई औँल्याएको टर्कीको सञ्चारमाध्यम दैनिक सबाले जनाएको छ।

चीनको झिनजियाङ स्वायत्त क्षेत्रका ४५ प्रतिशत जनसङ्ख्या उइगुर समुदायले लामो समयदेखि सांस्कृतिक, धार्मिक र आर्थिक विभेदको सामना गर्दै आएको छ।

संयुक्त राज्यका अधिकारीहरू र संयुक्त राष्ट्र सङ्घका विज्ञहरूका अनुसार झिनजियांगमा १० लाख भन्दा बढी मानिस वा मुस्लिम जनसङ्ख्याको ७  प्रतिशतलाई गैर कानुनी हिरासतमा राखिएको छ। तर, चीनले भने राजनीतिक पुनः शिक्षा शिविरहरूको विस्तारित नेटवर्कमा राखिएको दाबी गरिरहेको छ।

दुवै नेताहरूले कोरोना महामारी र भ्याक्सिन विकासलगायत थुप्रै क्षेत्रमा सहयोग अभिवृद्धि गर्न विषयमा पनि छलफल गरेको जनाइएको छ।

यस वर्ष टर्की र चीनबीच कूटनीतिक सम्बन्धको स्थापनाको ५० औँ वार्षिकोत्सव मनाउँदै राष्ट्रपति एर्दोगनले यी महत्त्वपूर्ण वार्षिकोत्सवलाई ती दुई देशबीचको गहिरो सम्बन्धका लागि उपयुक्त हुने गरी मनाउन चाहेको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ