arrow

कोभिडको उत्पत्तिबारे डब्लुएचओलाई चीनले फेरि अध्ययन गर्न नदिने

logo
एजेन्सी
प्रकाशित २०७८ साउन ७ बिहिबार
who china.jpg

काठमाडौँ। चीनले कोरोना भाइरसको उत्पत्तिबारे थप अध्ययन गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को निर्णयलाई अस्वीकार गरेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री जङ्ग एक्सिनले यो योजनालाई स्वीकार नगर्ने बताएका हुन्।

बिहीबार पत्रकारहरूसँग बोल्दै उनले भने, 'विज्ञानलाई बेवास्ता गर्दै अघि सारिएको यो उत्पत्तिबारे अध्ययन गर्ने योजनालाई हामी स्वीकार गर्दैनौँ।'

कोरोना भाइरसबारे, या त जनावरबाट मानिसमा सरेको हुन सक्ने या चीनको वुहानमा रहेको वुहान इन्स्ट्युट अफ भाइरोलोजिबाट लिक भएको हुनसक्ने दुई आशङ्का छ।

यी दुवै मध्ये के कारणले महामारी फैलियो भन्ने यथेष्ट प्रमाण फेलापरिसकेकाे छैन। अझै पनि यसबारे यकिन प्रमाण जुट्न नसक्दा डब्लुएचओले चीनमा दोस्रो पटक अध्ययन गर्ने योजना अघि सारेको हो। यसबीच चीनले बिहीबार दोस्रो पटक अध्ययन गर्न नदिने बताएको हो।

चीनले सुरुमै पनि कोभिड१९को उत्पत्तिबारे अध्ययन गर्न डब्लुएचओकाे टोलीमाथि रोक लगाएको थियो। विभिन्न मुलुकहरूको दबाबपछि गत जनवरीमा चीनले अध्ययन गर्न दिएको थियो। तर, त्यो अध्ययनका क्रममा पनि चिनियाँ अनुसन्धानकर्ताहरू डब्लुएचओकाे टोलीसँगै रहेका थिए।

चीनको वुहान स्थित प्रयोगशालामा थुप्रै किसिमका कोरोना भाइरसहरूबारे अध्ययन हुने गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ