arrow

तालिबानले भन्यो- अफगानिस्तानमा 'कसैले पनि गृहयुद्ध चाहदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
suheel sahin taliban afganistan.PNG

काठमाडौं । तालिबानले अफगानिस्तानमा वर्तमान सरकारसँग मिलेर शान्तिको बाटोमा जान चाहेको बताएको छ ।  समाचार एजेन्सी एसोसिएट प्रेससँगको कुराकानीमा बोल्दै तालिबानका प्रवक्ता सुहेल शाहीनले यस्तो बताएका हुन् ।

तालिबानका प्रवक्ता शाहीनले अश्रफ घनीलाई राष्ट्रपति पदबाट हटाएर तालिबानसँगकाे सम्झौता सहित नयाँ सरकार गठन नभएसम्म अफगानिस्तानमा शान्ति कायम हुन नसक्ने बताएका छन् ।

अमेरिका र नाटोका अन्तिम सैनिकहरु अफगानिस्तानबाट फिर्ता भएसँगै केही दिनयता तालिबानले अफगानिस्तानमा व्यापक कब्जा बढाउँदै लगेको छ ।

यद्यपि, तालिबानका प्रवक्ता शाहीनले भने आक्रमण नभई विभिन्न जिल्ला र प्रान्तमा सेनाहरूसँग सहमति र वार्ताका आधारमा आफ्नो नियन्त्रण बढेको बताएका छन् ।

अफगानिस्तानको वर्तमान सरकार र तालिबानबीच सहमति गरेर अघि बढ्न यसअघि कतारको दोहामा वार्ता समेत भएको थियो ।

तालिबानका नेताहरु र अफगान सरकारका दोस्रो स्थानका नेता अब्दुल्लाह अब्दुल्लाहलगायतबीच वार्ता भएको थियो ।

यद्यपि, सो वार्ताका क्रममा अश्रफ घनी नेतृत्वको सरकारले सम्झौताका आधारमा गठबन्धीत तरिकाले अघि बढ्न नभई आफूहरूले आत्मसमर्पण गर्न चाहेको तालिबानका प्रवक्ताको भनाइ छ ।

आफूहरूले सरकारसँग गठबन्धीत तरिकाले अघि बढ्न चाहेको तालिबानको भनाइ छ । यस्तै तालिबानले महिलाहरूलाई पढ्न दिने, काम गर्न दिनेलगायतका अधिकार दिने तर हिजाब भने लाउनै पर्ने बताएको छ ।

यस्तै तालिबानका प्रवक्ता शाहीनले अफगानिस्तानमा 'कसैले पनि गृहयुद्ध नचाहेको, आफैले समेत गृहयुद्ध नचाहेको' बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ