arrow

आइतबार कुन नदीबाट छ खतरा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
badhi-bridge.jpg
तस्वीर–फाइल ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । सोही कारण देशभर सामान्य बदलीको अवस्था छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ।

आइतबार महाकाली, नारायणी र यिनका सहायक नदीहरूमा बहाव बढ्ने खतरा महाशाखाले औंल्याएको छ । केहीमा सतर्कता आसपास पुग्न सक्ने तथा कोशी र कर्णालीका  सहायक नदीहरुमा बहाब सामान्य घटबढ हुने महाशाखाले चेतावनी दिएको छ । ती क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रहसमेत गरिएको छ । 

त्यस्तै देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा  प्रदेश नं १ र गण्डकी प्रदेशमा भारी बर्षाको संभाबना रहेको हुनाले पहाडी  क्षेत्रहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ । 



नयाँ