arrow

पाकिस्तानमा प्रधानमन्त्री खानले माफी मागी राजीनामा दिनुपर्ने माग

logo
एजेन्सी
प्रकाशित २०७८ साउन १० आइतबार
pakistan-PPP-chairman-bilawal-bhutto.jpg
फाइल तस्बिर

इस्लामाबाद। पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले माफी मागी राजीनामा दिनुपर्ने विपक्षी दलका नेताले माग गरेका छन्। प्रधानमन्त्री इमरान खानले अन्तर्राष्ट्रिय मौद्रिक कोष (आईएम्एफ्) सँग गलत सम्झौता गरेको भन्दै उनले माफी माग्नु पर्ने पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावाल भुट्टो जरदारीले बताएका हुन्।

आईएम्एफसँगको सम्झौताले पाकिस्तानको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बिलावालले बताए। आईएम्एफसँग सम्झौता गर्नु अघि प्रधानमन्त्री खानले सबैसँग छलफल गर्नुपर्ने बिलावालले टिप्पणी गरेका छन्।

हाल आएर प्रधानमन्त्री खानले सम्झौता गलत रहेको स्वीकार गर्नु उनकै कमजोरीको परिणाम रहेको बिलावलले टिप्पणी गरे। यसअघि कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका प्रधानमन्त्री खानले यु टर्न लिएर निर्णय परिवर्तन गरी सम्झौतामा हस्ताक्षर गरेको भन्दै बिलावलले आलोचना गरे। प्रधानमन्त्री खानले पटक पटक गलत काम दोहोर्‍याउने भन्दै मुलुकको नेतृत्व गर्ने विषयमा गम्भीर नभएको बिलावालले टिप्पणी गरे।

आईएम्एफसँगको सम्झौताकै कारण मुलुकमा विधुत, ग्यास, पेट्रोलको मुल्य वृद्धि भई जनता मारमा परेको बिलावालले बताए। आईएम्एफकै निर्देशनमा प्रधानमन्त्री खानले पाकिस्तानी मुद्राको अवमूल्यन गरेर मुलुकमा अर्थतन्त्र सङ्कटमा पारेको बिलावलले टिप्पणी गरे। सम्झौताका लागि प्रधानमन्त्री खानले संसद्मा सहमति जुटाएको भए यो अवस्था सिर्जना नहुने उनले बताए। 

प्रधानमन्त्री खानले मुलुकमा एक करोड रोजगार सिर्जना गर्ने दाबी गरे पनि उनकै नेतृत्वको सरकारको समयमा लाखौँ बेरोजगार रहेको उनले बताए। प्रधानमन्त्री खानको सरकार अवैध र असक्षम रहेको भन्दै राजीनामा दिन बिलावालले माग गरेको अल अरबिया पोष्टले उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ