arrow

एस्ट्राजेनेका र फाइजरको खोप 'मिक्स' गरेर लगाउँदा ६ गुणा बढी प्रभावकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
vaccine.PNG

काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो डोज एस्ट्राजेनेका र दोस्रो डोज फाइजरको खोप लगाउँदा झनै प्रभवकारी देखिएको छ । दक्षिण कोरियामा ४९९ जनामा गरिएको परीक्षणले यस्तो देखाएको हो ।

परीक्षणका क्रममा दुवै एस्ट्राजेनेकाको खोप लगाउने भन्दा पहिलो डोज एस्ट्राजेनेका र दोस्रो फाइजरको खोप लगाउँने व्याक्तिमा झण्डै ६ गुणाबढी एन्टीबडीको विकास भएको देखिएको हो । 

परिक्षणका क्रममा १०० जनालाई यसरी मिक्स खोप दिइएको थियो । २०० जनालाई फाइजरको खोप दिइएको थियो भने बाँकीले दुवै डोज एस्ट्राजेनेकाकै खोप लगाएका थिए ।

खोप लगाएका सबैमा कोरोना भाइरसविरुद्धको एन्टीबडी विकास भएको पाइएको छ । यद्यपि, पहिलो डोज एस्ट्राजेनेका लगाएर दोस्रो फाइजर लगाउने व्याक्तिहरुमा ६ गुणाबढी एन्टीबडी विकास भएको अध्ययनले देखाएको छ । 

यसअघि बेलायतमा भएको एक अध्ययनले पनि यस्तै नतिजा देखाएको थियो । अझैं थप अध्ययनसँगै खोप मिक्स गरेर सञ्चालनमा आउँन सक्ने सम्भावना बढेको छ । केही देशहरुले भने खोप मिक्स गरेरै लगाउँ समेत थालिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ