arrow

इजरायलद्धारा युएइका लागि पहिलो राजदूत नियुक्त

logo
सिन्ह्वा,
प्रकाशित २०७८ साउन ११ सोमबार
israel.jpg
फाइल तस्बिर

तेल अभिभ। इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ। दुई देशबीचको सम्बन्ध सामान्य हुँदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन्।

इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिए।

राजदूतमा नियुक्त भएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गरेका थिए। उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित छन्। “हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,” विदेश मन्त्री लापिडले भने।

उनको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्वन्धलाई राम्रो बनाउदै दुबै पक्षको हितका कामहरु हुने आशाा गरिएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ