arrow

गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएको भन्दै संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

logo
एजेन्सी
प्रकाशित २०७८ साउन ११ सोमबार
united-nation-headquaters.jpg
फाइल तस्बिर

काबुल। संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा भएको मानवअधिकार उल्लङ्घनका घटनाको निन्दा गरेको छ। राष्ट्रसङ्घले देशभर भइरहेको सैन्य आक्रमणबाट सबैभन्दा बढी प्रभावित समुदायहरूमा गम्भीर मानवअधिकार उल्लङ्घनका तथा हिंसाका घटनाहरू भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युनामा) ले बुधवार एक विज्ञप्ति जारी गर्दै हत्या, दुर्व्यवहार, उत्पीडन र भेदभावको रिपोर्टहरू आइरहेको र यसले नागरिकमा व्यापक विचलन आएको जनाएको छ। यसले भय र असुरक्षा सिर्जना गरेको उल्लेख गर्दै त्यस्ता कार्यहरू गर्नेहरूले कारबाहीको दायरामा ल्याउन र तत्काल यस्ता घटनाहरू रोक्न आग्रह गरेको छ।

अफगानिस्तानमा हिंसा बढेको उल्लेख गर्दै तालिबानले केही हप्तादेखि लगातार गरिरहेको आक्रमणका घटनाहरूका कारण मुलुकमा अराजकता सिर्जना भएको उल्लेख गरिरहेको छ। लामो समयदेखि युद्धग्रस्त अफगानिस्तानमा विदेशी सेनाहरू रहेकोमा सेप्टेम्बरसम्म सम्पूर्ण रूपमा फिर्ता भइसक्ने घोषणापछि तालिबानी आक्रमणका घटनाहरू बढेका हुन्।

संयुक्त राष्ट्रसङ्घले सबै दलहरू मिलेर अफगानीहरूको मानवअधिकार र मर्यादाको सम्मान गर्नुपर्ने बताएका छन्। विशेष गरी महिला र युवतीहरू जसलाई विगतमा भेदभावको विशेष प्रकारका रूपमा व्यवहार गरिएको थियो । यो क्रम फेरि दोहोरिन थालेकोमा राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ। 

संयुक्त राष्ट्र एजेन्सीले नागरिकहरूलाई हानी पुर्‍याउनबाट जोगाउने उत्तम उपाय भनेको शान्ति सम्झौतालाई पुनः सुदृढ तुल्याउनु रहेको र वार्ताका माध्यमबाट समस्या समाधान गर्नु रहेको जनाएको छ । 

अफगानिस्तान र यसका जनताको भविष्यमा साँच्चिकै चासो राख्नेहरूले शान्ति सम्झौतालाई प्राथमिकता लिनुपर्ने र मुलुकको पूर्वाधारको संरक्षणसहितका उपायहरूमा प्रतिबद्ध हुनु पर्नेसमेत बताइएको छ । राष्ट्रसङ्घले सबै पक्षलाई युद्ध विराम घोषणा गर्न आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ