arrow

एक अर्ब जरिवाना बुझाएर साउदी अरबबाट ११ सय बन्दीहरूलाई स्वदेश ल्याउने तयारीमा पाकिस्तान

logo
एजेन्सी
प्रकाशित २०७८ साउन १२ मंगलबार
interior-minister-sheikh-rasheed-ahmad-pak.jpg

इस्लामाबाद। पाकिस्तान सरकारले साउदी अरबमा रहेका बन्दीहरूलाई घर फिर्ता गर्ने तयारी गरेको छ। पाकिस्तानका आन्तरिक मामिला मन्त्रालयले साउदी अरबमा सन् २००५ यता बन्दी रहेका आफ्ना नागरिकहरू फिर्ताका लागि सरकारसँग एक अर्ब रुपैयाँ अनुदान माग गरेको छ।

साउदी अरबमा सन् २००५ यता बन्दी रहेका आफ्ना नागरिकमाथिको जरिवाना भुक्तानी गरी स्वदेश फिर्ताका लागि सरकार समक्ष एक अर्ब रुपैयाँ अनुदान माग गरेको आन्तरिक मामिला मन्त्री शेख राशिद अहमदले बताए।

जरिवाना तिर्न नसकि साउदी अरबको जेलमा रहेका नागरिकहरूलाई घर फिर्ताका लागि पहल गरेको मन्त्री शेख राशिदले बताए। प्रधानमन्त्री इमरान खान साउदी अबको तीन दिने भ्रमणबाट फर्के लगत्तै आन्तरिक मामिला मन्त्री शेख राशिदले यस्तो बताएका हुन्।

साउदी अरबमा सामान्य अपराधको मुद्दामा जेल जीवन बिताई रहेका एक हजार एक सय बन्दीहरूलाई पाकिस्तानमा स्थानान्तरण गर्नेबारे साउदी सरकार र पाकिस्तान आन्तरिक मन्त्रालयबीच सहमति पत्रमा हस्ताक्षर भएको पनि मन्त्री शेख राशिदले बताएका छन्।

अधिकांश बन्दीहरू आफ्ना रोजगारदातासँग आर्थिक विवादका कारण जेल जीवन बिताइरहेको उनले बताए। मन्त्रीपरिषद्बाट एक अर्ब रुपैयाँ कोष छुट्टाउनका लागि प्रधानमन्त्री इमरान खान समक्ष आग्रह गरेको उनले बताएका छन्।

साउदी जेलमा बन्दीहरूको जरिवाना भुक्तानी गरिदिए सयौँ बन्दीहरूलाई घर फर्काउन सकिने उनले बताए। यद्यपि, हत्या, लागु औषध तस्करी जस्ता अपराधका बन्दीहरूलाई भने फिर्ता गर्न नसकिने उनले बताएको द नेसनले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ