निर्वाचनमा हस्तक्षेप गर्न खोजे धर्ना दिने पिओकेका प्रमुखको चेतावनी
एजेन्सी
प्रकाशित २०७८ साउन १२ मंगलबार
677
Shares
तस्बिर : पाकिस्तान प्रशासित कश्मीर (पीओके) का प्रमुख राजा फारुख हैदर
इस्लामाबाद। पाकिस्तान प्रशासित कश्मीर (पीओके) का प्रमुख राजा फारुख हैदरले आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा हस्तक्षेप गर्न नरोके पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध धर्ना दिने चेतावनी दिएका छन्।
इमरान खानको नेतृत्वमा रहेको सरकारले पीओके क्षेत्रको संविधानको अपमान र उल्लङ्घन गरेको आरोप लगाउँदै हैदरले प्रश्न गरे, के सरकारले पीओके क्षेत्रका जनतालाई आफ्नो दास मानेका छन् ?
"प्रधानमन्त्री इमरान खान र उनको मन्त्रिपरिषद्का सदस्यहरूले धृष्टतापूर्वक पीओकेको संविधानको अपहरण र उल्लङ्घन गरिरहेका छन्। म आफ्नो मुद्दा पाकिस्तानका जनतासामु राख्न चाहन्छु," उनले भने।
हैदरले उनको पार्टी पीओकेमा फेरि सरकारमा आउने दाबी गरेका छन्। यसले इमरान खानलाई चिन्तित बनाएको छ र यस भावनाबाट उनी पाकिस्तान राज्यको हितमा कुनै काम गर्न हुँदैन भनेर लागिपरेको आरोप लगाएका छन्।
पोओकेले कोरोना भाइरसको पुनरुत्थानको खतराका कारण चुनाव दुई महिनाको लागि स्थगित गर्ने अपिल गरे पनि जुलाई २५ मा व्यवस्थापिकाको लागि आम चुनाव हुनेछ।
गत वर्ष पाकिस्तानले कब्जा गरेको गिलगित बाल्टिस्तानमा विधान सभाको चुनाव गरायो। जुनमा, हैदरले चुनावलाई चोरी गर्ने पाकिस्तान सरकारको प्रयासको विरुद्ध कडा प्रतिरोधको चेतावनी दिएका छन्।