arrow

डेल्टा भेरिअन्ट झनै खतरनाक, खोप लगाएकाहरुलाई पनि अनिवार्य मास्क लगाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
corona-mask.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसको सबैभन्दा बढी फैलिने र फैलिरहेकाे भेरिअन्ट डेल्टा भेरिअन्ट भएकाे छ ।

नेपालमा समेत हिजो अर्थात साउन १२ गते स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४७ जटा नमुनाको जीन सिक्वैन्सिंग गर्दा सबैमा डेल्टा भेरिअन्ट नै देखिएकाे थियो ।

डेल्टा भेरिअन्ट संक्रामकताका हिसाबले अन्य भेरिअन्ट भन्दा बढी खतरनाक अथवा बढी संक्रामक भएको अध्ययनहरुले देखाएको छ ।

यसबीच अब, डेल्टा भेरिअन्टको संक्रमण निकै नै बढी भइरहेको हुँदा पूर्ण रुपमा खोप लगाएकाहरुलाई समेत अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरिएको छ ।

अमेरिकी केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले कोरोना भाइरसको संकमण बढी भएका ठाउँहरुमा पूर्ण खोप लगाएकाहरुले समेत अनिवार्यरुपमा मास्क लगाउन निर्देशन दिएको हो ।

अमेरिकामा अहिले कुल संक्रमणकाे ८० प्रतिशत भन्दा बढी डेल्टा भेरिअन्टको संक्रमण रहेको छ । यसबीच सीडीसीले पूर्णरुपमा खोप लगाएकाहरुलाई समेत मास्क लगाउन आग्रह गरेको हो ।

नेपालको सन्दर्भमा समेत डेल्टा भेरिअन्ट नै प्रमुख भएर फैलिरहेको अवस्था छ । अमेरिकाको तुलनामा नेपालमा खोप लगाएको जनसंख्या समेत थोरै छ । यसो हुँदा नेपालमा समेत खोप लगाएकाहरुले पनि मास्क अनिवार्यरुपमा लगाउन पर्ने देखिएको छ ।

अमेरिकामा फेरि संक्रमण बढेको छ । औषतमा विश्वभरका ९ संक्रमितमध्ये १ संक्रमित अमेरिकामा फेला परिरहेको छ । यस्तोमा पूर्ण खोप लगाएकाहरुलाई पनि स्कुल, सार्वजनिक स्थानजस्ता ठाउँमा मास्क अनिवार्य लगाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ