arrow

लेबनानमा देशकै धनाढ्य व्यक्ति छानिए प्रधानमन्त्री, मन्त्रिपरिषद् विस्तारको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
lebnan.png
राष्ट्रपति मिसेल अउन बायाँ, नजीब मिकाटी दायाँ

काठमाडौं । लेबनानका सबैभन्दा धनाढ्य व्यक्ति नजीब मिकाटी प्रधानमन्त्रीका लागि छानिएका छन् । सोमबार उनले संसदमा ११८ सांसदको मतमध्येबाट ७२ मत प्राप्त गरेसँगै उनी लेबनानको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

मिकाटी यसअघि पनि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । अहिले लेबनानको अर्थतन्त्र निकै नै संकटापन्न अवस्थामा रहेको छ ।

सन् १९७५ देखि सन् १९९० सम्म चलेको गृह युद्धयता नै लेबनानको अर्थतन्त्र धरासायी बन्दै गएको थियो । मिकाटी नयाँ प्रधानमन्त्रीका लागि सांसदबाट छानिएसँगै लेबनानमा नयाँ सरकार गठनको आसा पलाएको छ ।

प्रधानमन्त्री पदबाट साद हरिरीले राजीनामा दिएको ११ दिनपछि मिकाटी प्रधानमन्त्री पदमा छानिएका हुन् । राष्ट्रपति मिसेल अउनसँगको उतारचढावपूर्ण नौं महिनाको कार्यकालपछि हरिरीले राजीनामा दिएका हुन् ।

संसदबाट छानिएका नयाँ प्रधानमन्त्री मिकाटीले भने सबै दलहरुसँगको सम्झौताका आधारमा मन्त्रिमण्डल गठन गरी नयाँ सरकार विस्तार गर्ने सहमति भएको बताएका छन् ।

राष्ट्रपति अउनसँगको सकारात्मक सम्बन्धका कारण समेत अर्बपति मिकाटीको नेतृत्वमा सरकार गठन र लेबनानको अर्थतन्त्रमा सकारात्मकताको अपेक्षा गरिएको छ ।

विश्व बैंकले लेबनानलाई आधुनकि ईतिहासकै सबैभन्दा संकटापूर्ण अर्थतन्त्रको संज्ञा दिएको छ । झण्डै ९ महिनासम्म सरकार गठन गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री हरिरीले राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ