arrow

परराष्ट्र सेवा कर्मचारीको आलोचना गरेका इमरान खानले पछि गरे प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
imran-khan-PM.jpg
फाइल तस्बिर

इस्लामाबाद। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले परराष्ट्र सेवा कर्मचारीको कामबारे आलोचना पछि प्रशंसा गरेका छन्।

प्रधानमन्त्री खानले परराष्ट्र सेवाले कूटनीतिक विषयमा राम्रो काम गरिरहेको बताएका हुन्। आपका वजिर ए अजम आपके साथ कार्यक्रममा नागरिकसँग टेलिफोन वार्तामा परराष्ट्र सेवाका कर्मचारीहरूले कूटनीतिक विषयमा राम्रो काम गरेको बताएका हुन्।

परराष्ट्र सेवा कर्मचारीहरूले काश्मीर विषयलाई राम्रोसँग उठाएको प्रधानमन्त्री खानले बताए।

गत साता मात्रै प्रधानमन्त्री खानले परराष्ट्र कर्मचारीहरूले प्रवासीहरूका लागि काम गर्न नसकेको र औपनिवेशिक मानसिकता भएको टिप्पणी गरेका थिए। 

प्रवासी समुदायको गुनासो पछि साउदी अरबका लागि राजदूत रजा अली इजाजलाई निलम्बन गरी ६ कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएपछि प्रधानमन्त्री खानले यस्तो टिप्पणी गरेको डनले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ