arrow

पाकिस्तानको उत्तर वजिरिस्तानमा लक्षित हत्याको घटनामा वृद्धि

logo
एजेन्सी
प्रकाशित २०७८ साउन १३ बुधबार
Pakistan-Flag.jpg.jpeg
फाइल तस्बिर

उत्तर वजिरिस्तान। पाकिस्तानको उत्तर वजिरिस्तान क्षेत्रमा हत्याको घटनाहरू वृद्धि भइरहेको छ। उत्तर वजिरिस्तान क्षेत्रमा यो वर्षको पहिलो चार महिना मै बीस जनाको हत्या भएको घटना सार्वजनिक भएको छ।

उत्तर वजिरिस्तानस्थित मिर्खोन खोल गाउँमा खालिल मुहम्मद मोटरसाइकलमा घरतर्फ गइरहेको बेला अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको थियो। कारबाट अपरिचित व्यक्तिले चलाएको गोली लागि मुहम्मदको घटनास्थलमै मृत्यु भएको थियो।

स्थानीय प्रशासनले धारा १४४ अन्तर्गत एक महिनासम्म हातहतियार तथा अस्त्रमाथि प्रतिबन्ध लगाएको पनि सो क्षेत्रमा सशस्त्र चोरी डकैती भएको छ।  

प्रत्येक वर्ष दर्जनौँ स्थानीयहरूको अपरिचतद्धारा हत्या हुने गरेको स्थानीयहरू बताउँछन्।

गत वर्ष मात्रै उत्तर वजिरिस्तान क्षेत्रमा हत्याका ४६ वटा घटना भएको थियो भने सन् २०१९ मा ५१ वटा हत्याको घटना भएको थियो।

गत वर्ष नोभेम्बरमा उत्तर वजिरिस्तानका पस्तुन आदिवासीका नेता मलक रइज खानको हत्या भएको थियो। फाटाको नामले पनि परिचित उत्तर र दक्षिण वजिरिस्तान पूर्व दुई अर्ध स्वायत्त आदिवासी क्षेत्र हो।

सन् २०१७ सम्म उक्त क्षेत्र स्थानीय तथा बाह्य आतङ्कवादी लडाकुहरूको केन्द्र रहेको थियो। पाकिस्तानी सेनाले उक्त क्षेत्रहरूबाट आतङ्कवादी गतिविधि उन्मुलन गरेको दाबी गरे पनि हत्या, हिंसाको घटना कम नभएको सिफिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ