arrow

जर्मनीमा आधा भन्दा बढी जनसङ्ख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

logo
एएफपी
प्रकाशित २०७८ साउन १४ बिहिबार
germany-covid-vaccine.jpg
फाइल तस्बिर

बर्लिन्। जर्मनीको आधा भन्दा बढी जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताएका छन्। युरोपको सबैभन्दा ठुलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उनले बताएका हुन्।

स्पानका अनुसार ४ करोड १८ लाख जर्मन हाल पूर्ण रूपमा सुरक्षित भएका छन्। जर्मनीको कूल जनसङ्ख्या ८ करोड ३० लाख भन्दा बढी छ। जर्मनीको आधा जनसङ्ख्या भनेको ४ करोड १५ लाख भन्दा बढी हो।

त्यस्तै ६१.१ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि उनले बताएका हुन्। प्रायः सबैले नागरिकले शरद र जाडो मौसमसम्म खोप लिने पनि स्पानले ट्विटरमा लेखेका छन्।

जर्मनीमा कोरोना भाइरस सुरु भएदेखि हालसम्म ३७ लाख ६६ हजार ५०१ व्यक्ति सङ्क्रमित भएका छन्। कोरोना सङ्क्रमणको कारण ९१ हजार ५९२ व्यक्तिको मृत्यु भएको यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ