arrow

हङकङ सरकार विरोधीको पक्षमा मुद्दा लडेका वकिलमाथि चीन सरकारले लगायो प्रतिबन्ध

logo
एजेन्सी
प्रकाशित २०७८ साउन १४ बिहिबार
hongkong-protest-china-usa.jpg
फाइल तस्बिर

हङकङ। चीन सरकारले हङकङ सरकार विरोधी आन्दोलन गर्ने व्यक्तिको मुद्दा लडेका वकिललाई मुलुक बाहिर जान प्रतिबन्ध लगाएको छ। हङकङबाट ताइवान भाग्न खोज्ने व्यक्तिको मुद्दा लडेका चिनियाँ वकिल लु सिवेइलाई चीन सरकारले मुलुक बाहिर जान प्रतिबन्ध लगाएको हो।

हङकङमा सरकार विरोधी आन्दोलनमा संलग्न व्यक्ति ताइवानमा भाग्न खोज्दा पक्राउ परेपछि लुले उनको पक्षमा मुद्दा लडेका थिए।

लुलाई अमेरिकी फेलोसिप कार्यक्रममा भाग लिन जान समेत चीन सरकारले रोकेको छ। अमेरिकाको सियटलका लागि जान लागेको बेला लुलाई सांघाई पुदोन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ सीमा सुरक्षाकर्मीले रोकेको थियो।

हङकङमा सरकार विरोधी आन्दोलनमा सक्रिय बाह्र जना मानिसको मुद्दा लडेपछि लुलाई यही वर्षको सुरुवातमा चीन सरकारले सूचीबाट बहिष्कार गरेको थियो। लुसँगै अर्का मानव अधिकारवादी वकिल रेन क्वानीउ पनि सूचीबाट हटाइएका थिए।

ताइवानमा भाग्न लागेका हङकङ सरकार विरोधी बाह्र जना आन्दोलनकारी पक्राउ परेपछि लुले उनीहरूको मुद्दा लडेका थिए। चीन सरकारले हङकङमा लोकतन्त्रवादी समर्थकहरूलाई लक्षित कारबाही गर्दै आएको जस्ट अर्थ न्युजले लेखेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ