arrow

चीनमा अल्पसङ्ख्यक मुस्लिम समुदायको धार्मिक संस्कारहरू सरकारद्वारा निर्देशित

logo
एजेन्सी
प्रकाशित २०७८ साउन १४ बिहिबार
xinjiang-china.jpg
फाइल तस्बिर

बेइजिङ। चीन सरकारले सिन्जियाङ क्षेत्रमा अल्पसङ्ख्यक मुस्लिम समुदायको धार्मिक संस्कारलाई नियन्त्रण र निर्देशन गरिरहेको छ। चीनमा अल्पसङ्ख्यक मुस्लिमहरूको धार्मिक गतिविधि र संस्कारहरू चिनियाँ कम्युनिस्ट पार्टीको नियमबाट निर्देशित र नियन्त्रित भएको छ।

चीनको कठोर नीतिका कारण चीनमा रहेका अल्पसङ्ख्यक मुस्लिमहरूको भविष्य खतरामा पर्ने विश्लेषण अधिकारवादी हरुले गरेका छन्।

सिन्जियाङस्थित मुस्लिमहरूको मस्जिद ध्वस्त पारिएको अवलोकनकर्ताहरूले दाबी गर्दै आएका छन् भने चीन सरकारले यसको खण्डन गर्दै आएको छ। मस्जिदहरू भत्काइएका कारण भक्तजनहरूको सङ्ख्या कम हुँदै गएको छ।

एक दशक अगाडी कश्गरस्थित इद काह मस्जिदमा प्रत्येक शुक्रवार पाँच हजारसम्म भक्तजनहरू प्रार्थनाका लागि आउने गर्दथे। हाल भने नौ सय जना भक्तजनहरू आउने गरेको मस्जिदका इमाम ममत जुमाले बताए।

अल्पसङ्ख्यक मुस्लिम समुदायमाथि दमनको अन्तर्राष्ट्रिय आरोप विरुद्ध प्रचार प्रसार अभियानका लागि गत अप्रिलमा चीन सरकारले विदेशी संवाददाताहरूलाई सिन्जियाङमा पाँच दिने भ्रमण गराएको थियो।

चीन सरकारले भने धार्मिक स्वतन्त्रताको रक्षा गर्ने भन्दै मुलुकको नियम कानुन अन्तर्गत रही कुनै पनि धर्म अवलम्बन गर्न सक्ने बताउँदै आएको छ। तर वास्तविक अभ्यास भने फरक छ।

चीनमा कानुन अनुसार मुस्लिम, बौद्ध, ताओइज्म, रोमक क्याथोलिक जस्ता विभिन्न धार्मिक समुदायमा आस्था राख्न पाउने नागरिकको अधिकार छ।

चीन सरकारले  सिन्जियाङ क्षेत्रमा अल्पसङ्ख्यक मुस्लिम समुदायलाई बाध्य बनाएर श्रममा लगाउने जस्ता मानव अधिकार हनन गरिरहेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार बादी समुदायले आलोचना गर्दै आएको अल अरबिया पोष्टले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ