arrow

चीनमा प्रविधिदेखि कृषिक्षेत्रका धनाढ्यमाथि सीसीपीको आक्रमण, ६७ वर्षीय अर्बपतिलाई १८ वर्ष जेल सजाय

logo
एजेन्सी
प्रकाशित २०७८ साउन १४ बिहिबार
sun dawu.jpg

काठमाडौं । पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)सरकारले त्यहाँका धनाढ्यहरुमाथि निरन्तर प्रहार गर्दै आएको छ ।

यसबीच चीनका एक प्रसिद्ध अर्बपतिलाई कम्युनिस्ट सरकारले १८ वर्षका लागि जेल सजाय गरेको छ । चीनकै  सबै भन्दा ठूला नीजि कृषि व्यापारीका रुपमा रहेका ६७ वर्षीय अर्बपति सन दाउलाई जेल सजाय गरेको हो ।

उत्तरी हेबेई प्रान्तमा सनको ठूलो कृषि फार्म रहेको छ । उनले मानवअधिकार एवं राजनीतिक विषयमा बोलेपछि झगडा उक्साएको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि गैरकानूनी रूपमा खेत कब्जा गरेको आरोप समेत लागेको छ ।

कृषि व्यापारी सन चीनकै धनाढ्यमध्येका एक हुन उनको कम्पनी पनि चीनको मुख्य ठूला कम्पनीमध्ये एक हो । खासगरी घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्म उनको कम्पनीले काम गर्छ ।

यसअघि चीनले अर्बपति उद्यमी ज्याक मालाई समेत सम्पर्कविहिनको अवस्थाम पुर्याएको थियो । उनले स्थापना गरेको कम्पनी अलिबाबा र आन्ट ग्रुपमाथि समेत चीनले ठूलो निगरानी राख्दै विभिन्न क्षेत्रमा धक्का लगाइदिएको थियो ।

त्यसपछि चीनले चीनको राईड सेयर कम्पनी दिदिमाथि समेत निगरानी राखेको थियो । हालैमात्रै चीनको अर्काे ठूलो प्रविधि कम्पनी टेन्सेन्टमाथि समेत चीनले विभिन्न आरोप लगाउँदै छानबिनको दायरामा लिएको थियो ।

यसरी चीनमा प्रविधि देखि कृषि क्षेत्रसम्मका ठूला उद्यमीहरुमाथि कम्युनिस्ट सरकारको तर्फबाट निरन्तर हस्तक्षेप हुँदै आएको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ