arrow

पोखरामा भारतीय नागरिक मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
death-1618215084.jpg

पोखरा । पोखरामा एक भारतीय नागरिकको शव फेला परेको छ । पोखरा महानगरपालिका वडा नं. १० रंगशालास्थित दीपक गुरुङको घरमा भारतीय नागरिकको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

शव व्याट्री तथा वाईरिङ वर्कसप सञ्चालन गरी बस्ने वर्ष ६५ का असागर वासेको भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

वासे आफ्नै वर्कसप भित्र मृत अवस्थामा भेटिएको र उनको मृत्यु सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको एसपी पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ