arrow

किन घट्यो ८२ वर्षपछि पहिलो पटक अमेरिकीहरुको औसत आयु ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
USA-flag.png

काठमाडौं । अमेरिकीहरुको औसत आयु घटेको छ । पछिल्लो दुई वर्षमा अमेरिकीहरुको औषत आयुमा दुई वर्ष घटेको हो । ८२ वर्षपछि पहिलो पटक अमेरिकामा औसत आयुमा गिरावट आाएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनले अमेरिकीहरुको औसत आयु घटेको खुलासा गरेको हो । 

सन् २०१८ देखि २०२० को बीचमा अमेरिकीहरुको औसत आयु घटेको हो । यसको सबैभन्दा ठूलो कारण कोरोना महामारी भएको बताइन्छ । यसबाहेक श्वेत नागरिकको तुलनामा अश्वेत तथा लेटिन अमेरिकी नागरिकको उमेरमा अझै बढी गिरावट देखिएको छ । 

रिपोर्टअनुसार सन् २०१८ मा अमेरिकीहरुको औसत आयु ७८.७ वर्ष रहेको थियो । सन् २०२० मा यो घटेर ७६.९ वर्ष रहेको छ । यो अध्ययन भर्जिनिया कमनवेल्थ युनिभर्सिटी स्कुल अफ मेडिसिनका वुल्फले गरेका हुन् । यो अध्ययन नेसनल सेन्टर फर हेल्थ स्टाटिस्टिकको तथ्यांकमा आधारित रहेको छ । 

वुल्फले दोस्रो विश्वयुद्धपछि अर्थात् ८२ वर्षपछि अमेरिकीहरुको औसत आयुमा यतिधेरै गिरावट आएको हो । 

अमेरिकीहरुको आयु घट्नुका चार कारण देखाइएको छ । ती कारणमा अमेरिकामा कोरोनाबाट ६ लाख २८ हजार बढीको ज्यान गइसकेको छ । यसले औसत आयुमा असर पुर्याएको छ । 

दोस्रो कारणमा स्वास्थ्य सेवाको सुविधा र दीर्घकालीन रोगीहरुको व्यवस्थापन बिग्रनु रहेको छ । तेस्रो कारणमा कोरोनाले गर्दा जसलाई आपत परेको छ उनीहरुले समयमै स्वास्थ्योपचार पाउन सकेनन् । 

र चौथो कारणमा कोरोना महामारीका कारण सुविधाको पहुँचमा अमेरिकीहरु पुग्न नसक्नु रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ