arrow

चीनमा महिनौं यताकै कोरोना प्रकोप, हजाराैं मानिस लकडाउनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
corona-variant.jpg

काठमाडौं । चीनमा महिनौं यताकै उच्च संक्रमण फैलिएपछि शुक्रबारदेखि हजाराैं मानिस लकडाउनमा बसेका छन् । चीनको  नानजिंग शहरमा रुसबाट आएको जहाज सफा गरेका एक कर्मचारीमा सुरुमा संक्रमण देखिएको थियो ।

नानजिंग राजधानी रहेको जिएंग्सु प्रान्तमा लकडाउन भएको हो । यस्तै बेइजिङको चाङपिङ जिल्लामा पनि हजारौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

नानजिंगको विमानस्थलमा भेटिएको पहिलो संक्रमितपछि सोसँग सम्बन्धी २ सय भन्दा बढी संक्रमित फेला परेका छन् । विगत केही महिनायता चीनमा यतिधेरै संक्रमण फैलिएको थिएन ।

कोरोना भाइरसको डेल्टा भेरिअन्ट निकै नै संक्रामक भएको विभिन्न अध्ययनहरुको दाबी छ । अहिले विश्वभरको सबैभन्दा बढी संक्रमण डेल्टा भेरिअन्टले नै फैलिरहेको छ । यसबीच चीनमा पनि संक्रमण बढेपछि लकडाउन गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ