arrow

कोभिड सङ्क्रमण नियन्त्रणका लागि जापानमा स्वास्थ्य सङ्कटकाललाई निरन्तरता

logo
एएनआई,
प्रकाशित २०७८ साउन १६ शनिबार
japan-corona.jpg
फाइल तस्बिर

टोकियो, जापान। जापानले टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रिफेक्चरहरूमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको भन्दै शनिबार सरकारले स्वास्थ्य सङ्कटकालको अवस्था जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ।

त्यस्तै सरकारले होक्काइदो, इशिकावा, क्योटो, ह्योगो र फुकुओका प्रिफेक्चरमा अगस्त ३१ सम्मका लागि सङ्क्रमण नियन्त्रणका उपायस्वरूप विभिन्न प्रतिबन्धहरूको घोषणा गएिको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराइएको छ।

टोकियो महानगरीय सरकारले जुलाई २९ मा सार्वजनिक पछिल्लो २४ घण्टाको तथ्याङ्कमा राजधानी टोकियोमा मात्रै तीन हजार ८६५ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि गरेको छ।  त्यसैगरी जापानभर विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएका बिरामीको सङ््ख्या १० हजार ६९९ पुगेको छ।

टोकियो र देशभरका यी दुवै सङ्क्रमित सङ्ख्याहरू महामारी सुरु भएदेखिकै सबैभन्दा बढी हो। कतिपय स्थानमा स्वास्थ्य सङ्कटकाल विगत तीन हप्तादेखि जारी रहेपनि सङ्क्रमणको लहर ढिलो हुँदैछ भन्ने कुनै सङ्केत नपाइएको जापानी टेलीभिजन एन एच के वल्र्डले जनाएको छ।

स्वास्थ्य सङ्कटकालीन अवस्था लागु भएको प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो छुट्टै सूचनामार्फत् पनि पुष्टि गरेका छन्।

टोकियो र ओकिनावाका आकस्मिक अवस्थाहरू सुरुमा अगस्ट २२ मा समाप्त हुने तय गरिएको थियो। ओलम्पिक र अगस्टको मध्य ओबोन बिदालाई समेट्ने गरी पछिल्ला यी उपायहरू अबलम्बन गरिएको सरकारले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ