arrow

अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा बढ्न थाल्यो कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
corona-lockdown-hamrakura.jpg

काठमाडौं । अष्ट्रेलियाको न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा कोरोना भाइरसको संक्रमण दर फेरि बढ्न थालेको छ । संक्रमण बढेसँगै लाखौं मानिस लकडाउनमा बसेका छन्, भने अधिकारीहरुले परीक्षण र खोप अभियानलाई बढाउने तयारी गरेका छन् ।

सिड्नी र त्यस वरपरको क्षेत्रहरुमा विगत पाँच हप्तादेखि नै घरबाहिर ननस्किन निर्देशन दिइएको छ । बढ्दो संक्रमणको पछाडि कोरोना भाइरसको डेल्टा भेरिअन्ट रहेको पाइएको छ ।

सिड्नीलगायतको क्षेत्रमा कम्तिमा अगस्त २८ सम्मका लागि घर बाहिर ननिस्कन निर्देशन दिइएको छ । अष्ट्रेलियाले कोभिड१९ को महामारी नियन्त्रण गर्न निकै नै कडा कदम चालेको छ ।

अष्ट्रेलियामा हालसम्म करिब ३४ हजार जनामा मात्रै संक्रमण फैलिएको छ भने ९ सय २४ जनाको मृत्यु भएको छ । करिब २५१ नयाँ संक्रमित थपिँदा नै अष्ट्रेलियाले लकडाउनमा निकै कडाइ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ