arrow

चीनमा सरकारको आलोचना गर्ने व्यापारीमाथि पच्चिस वर्ष जेल सजाय हुन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
china-flag.png
फाइल तस्बिर

बेईजिङ। चीनमा कोभिड १९ विरुद्ध सरकारको कामको आलोचना गर्ने एक व्यापारीलाई पच्चिस वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ।

चीनमा कोभिड १९ विरुद्ध सरकारको कामको आलोचना गरेका व्यापारी सुन दावुमाथि सरकारले विभिन्न अभियोग लगाएको छ। ६६ वर्षीय सुन माथि मानिसलाई भड्काएको, सार्वजनिक व्यवस्था खलबलाएको, सरकारी भूमि अतिक्रमण, अवैध कोष सङ्कलन गरेको जस्ता विभिन्न अभियोग लागेको हेबेई प्रान्तस्थित अभियोजकहरूले बताएका छन्।

भूमि विवादमा सुनसँगै गत नोभेम्बरमा पक्राउ परेका अन्य १९ जना माथि पनि विभिन्न अभियोग लगाइएको छ। सुनको दावु अग्रिकल्चरल एण्ड हस्बेण्ड्री ग्रुप र सरकारी भूमिबीच विवादको मुद्दामा उनी पक्राउ परेका हुन्।

अभियोजक हरूले सुनको छोरा सुन मेङलाई सोह्र वर्ष र भाइ सुन जीहुवालाई एघार वर्ष जेल सजायको माग गरेको कानुनी टोलीका एक व्यक्तिले पहिचान नखुलाउने शर्तमा जानकारी दिए।

सुनलाई भने पच्चिस वर्षसम्म सजाय हुन सक्ने बताइएको छ। लामो समय जेल सजायप्रति आश्चर्य मान्दै कारबाही अस्वीकार्य रहेको प्रतिवादीहरूले बताएका छन्।

सुनले सन् १९८९ मा दावु ग्रुप स्थापना गरी हाल कृषि, पर्यटन र स्वास्थ्य सेवा क्षेत्रमा ठुलो उद्योग बिस्तार गरेका छन्। यद्यपि, चीनमा सरकारको आलोचना गरी अभियोग बेहोर्ने व्यापारी सुन एक जना मात्र होइनन्।

सरकारको विपरीत काम गरेको अभियोगमा बहुराष्ट्रिय प्राविधिक कम्पनी अलिबाबाका प्रमुख ज्याक मा विरुद्ध पनि सरकारले २ दशमलव ८ अर्ब अमेरिकी डलर बराबरको जरिवाना लगाएको थियो। ज्याक माले वित्तीय क्षेत्रमाथि सरकारी नियमनको विरोध गरेपछि अलिबाबा कम्पनीले सरकारी दबाब झेलीरहेको याहु न्युजले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ