arrow

अफगानिस्तानको राजधानी नजिकैको क्षेत्रमा तालिबानको कब्जा

logo
एजेन्सी
प्रकाशित २०७८ साउन १७ आइतबार
afghanistan-taliban-recapture.jpg
फाइल तस्बिर

काबुल। अफगानिस्तानको राजधानी काबुल नजिकै क्षेत्र तालिबान लडाकु समूहले नियन्त्रण गरेको छ। इस्लामिक विद्रोही लडाकु समूह तालिबानले राजधानी काबुल नजिकै निर्ख जिल्लामा आफ्नो कब्जा जमाएको छ। तालिबानसँग भारी युद्धपछि अफगान नेसनल डिफेन्स र सुरक्षा बलले सो क्षेत्रबाट रणनीतिक रूपमा फिर्ता भएको आन्तरिक मन्त्रालयले बताएको  छ।

तालिबान लडाकुहरूलाई भारी मात्रामा क्षति पुर्‍याएर सुरक्षा बल फर्किएको आन्तरिक मन्त्रालयले बताएको छ। तर, तालिबानले भने जिल्लाका मुख्य क्षेत्रहरू प्रहरी मुख्यालय, गुप्तचर निकाय, तथा सैन्य शिविरहरू कब्जा गरेको बताएको छ।

सरकारी सुरक्षा बलहरूलाई हताहत बनाएको, केही सुरक्षाकर्मी साथै हातहतियारहरू नियन्त्रणमा लिएको तालिबान प्रवक्ताले बताएका छन् । यद्यपि, हालसम्म सरकार र तालिबान पक्षको क्षतिका बारेमा भने कुनै विवरण आएको छैन।

रमादानको पवित्र महिना अप्रिलमा मात्रै तालिबानले १५ वटा आत्मघाती आक्रमण गरेको सरकारले बताएको छ । तालिबानको आक्रमणमा दुई सय पच्चिस जना सर्वसाधारणको ज्यान गएको र पाँच सय भन्दा बढी घाइते भएको बताइएको छ।

पछिल्लो समय भएको दुई सय वटा विस्फोट र आक्रमणको जिम्मेवार तालिबान रहेको सरकारले बताएको छ । तर सर्वसाधारणको ज्यान गएको आक्रमणको आरोप तालिबानले अस्वीकार गरेको छ।

अफगानिस्तानबाट विदेशी सेनाहरू फिर्ताको तयारीमा रहेका बेला तालिबानको जिहाद विचारधाराका लागि कुनै तर्क र औचित्य नरहेको बेलायतका चिफ अफ जेनरल स्टाफ सर निकोलर कार्टरले बताएको खामा प्रेसले लेखेको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ