arrow

'कोरोना भाइरस चीनको ल्याबबाट लिक' भएको रिपोर्ट सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
corona-variant.jpg

काठमाडौँ । काेरोना भाइरस चीनको प्रयोगशाला (ल्याब)बाट लिक भएको रिपोर्ट अमेरिकी रिपब्लिकनले सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको उक्त रिपोर्टमा कोरोना भाइरस चीनको प्रयोगशालाबाट लिक भएको पर्याप्त प्रमाण भएको उल्लेख गरिएको छ ।

चीनको वुहान स्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजिमा कोरोना भाइरसलाई फेरबदल गरेर मानिसलाई सङ्क्रमित बनाउने विषयमा काम भएको समेत उक्त रिपोर्टमा उल्लेख गरिएको छ । अमेरिकी संसद्मा रिपब्लिकनतर्फका विदेश मामिलाका प्रमुख माइक मेकलले यो रिपोर्ट सार्वजनिक गरेका हुन् ।

सुरुमा वुहानमै देखिएको कोरोना भाइरसको सङ्क्रमण कोभिड१९ले अहिले विश्वभर ४४ लाख भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । यस विषयमा थप बहुपक्षीय छानबिनका लागि रिपब्लिकनले आग्रह गरेका छन् ।

चीनले वंशाणुगत रूपमा फेरबदल गरिएको कोरोना भाइरस वुहानको प्रयोगशालाबाट लिक भएको तथ्यलाई अस्वीकार गर्दै आएको छ ।

सन् २०१९ मा पहिलो पटक वुहानमै कोभिड१९का सङ्क्रमित फेला परेका थिए । चीनले महामारीको विषय ढाकछोप गरेको विषयलाई समेत अस्वीकार गरेको थिए ।

तर, चीनले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को टोलीलाई सहजरुपमा कोभिड१९को उत्पत्तिको विषयमा अध्ययन भने गर्न दिएको थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ