arrow

जापानमा बढे संक्रमित : टोकियोमा संक्रमितमध्ये अधिकांश २०-३० वर्षका

logo
सिन्ह्वा,
प्रकाशित २०७८ साउन १८ सोमबार
japan-corona.jpg

टोकियो । जापानले सोमबार कोभिड-१९ संक्रमण पुष्टि हुनेको सङ्ख्या आठ हजार ३९३ पुगेको जनाएको छ । यो अघिल्ला हप्तामा सोही दिन संक्रमण पुष्टि भएको सङ्ख्याको झन्डै दोब्बर हो ।

ओलम्पिक आयोजना भइरहेको टोकियो र वरिपरि संक्रमण बढ्दै गइरहेका समय जापानका स्थानीय सञ्चारमाध्यमले संक्रमण वृद्धिको समाचारलाई विशेष महत्व दिएर सम्प्रेषण गरेका छन् ।

टोकियोमा लगातार पाँच दिनसम्म तीन हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।

सोमबार टोकियोमा दुई हजार १९५ जनामा संक्रमण पुष्टि भएको थियो । राजधानी वरपरका प्रिफेक्चरहरू कनगावा, चिबा र साइतामा क्रमशः एक हजार ६८६, ७८७ र ७६२ संक्रमित भेटिएका छन् । 

टोकियोमा पछिल्लो समय संक्रमितमध्ये अधिकांश २०-३० वर्षका मानिसहरू रहेका पनि बताइएको छ । 

जापानको प्रधानमन्त्री कार्यालयका अनुसार ५० करोडभन्दा बढी अर्थात् जापानको करिब ४० प्रतिशत जनसंख्याले कोभिड-१९ खोपको कम्तीमा एक मात्रा लिएका छन् ।  जुलाई १२ मा टोकियो महामारीका कारण चौथो पटक सङ्कटकालीन अवस्थामा प्रवेश गरेको थियो । 

टोकियोको शहरका क्षेत्रहरूमा पैदल ट्राफिक अलिकति कम भए तापनि कोभिड-१९ को अत्यधिक संक्रामक डेल्टा फैलिएपछि संक्रमण सङ्ख्यामा व्यापक वृद्धि भएको बताइएको छद । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ