arrow

अमेरिकी सेना फिर्ता हुँदा अफगानिस्तानमा द्वन्द्व चर्किएको चीनको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
taleban.jpg
फाइल तस्बिर

बेइजिङ। सेना फिर्ता गर्ने अमेरिकाको आकस्मिक निर्णयका कारण अफगानिस्तानमा पुन द्वन्द्व चर्केको चीनले आरोप लगाएको छ। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयले पुन द्वन्द्व चर्केको चीनको आरोप छ। अमेरिकाको सेना फर्काउने आकस्मिक निर्णयले अफगानिस्तानको सुरक्षा अवस्था, शान्ति तथा स्थायित्व  साथै सर्वसाधारण खतरामा परेको चीनको आरोप छ।

पछिल्लो समय काबुलस्थित छात्रा विद्यालयमा भएको बम बष्फोटमा साठी भन्दा बढीको ज्यान गएपछि चीनले यस्तो टिप्पणी गरेको हो। काबुलको उक्त घटनाप्रति दुख व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यीनले जिम्वेवार ढङ्गले सेना फिर्ता गर्न अमेरिकालाई आग्रह गरिन् ।  

सेना फिर्ता गर्ने अमेरिकाको आकस्मिक घोषणाले गर्दा अफगानिस्तानमा विभिन्न आक्रमण र द्वन्द्वको घटना भइरहेको हुवाले टिप्पणी गरिन्। बीस वर्ष लामो आतङ्कवाद विरुद्धको युद्ध पूरा गरेको भन्दै अमेरिकाले सेना फिर्ता गरिरहेको बेला अफगानिस्तानमा तालिबान विद्रोही लडाकुले पुन द्वन्द्व र आक्रमण चर्काएको याहु न्युजले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ