arrow

बेइजिङमा स्थानीयस्तरमा कोभिड–१९ सङ्क्रमित भेटिए

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७८ साउन १९ मंगलबार
china-coronavirus1.jpg

बेइजिङ। स्थानीय स्तरमा नै एक व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले सोमबार जनाएको छ । 

स्थानीय अधिकारीहरूले चीनको राजधानी बेइजिङमा समुदायबाटै सङ्क्रमित बिरामी भेटिएपछि सङ्क्रमित क्षेत्रमा नागरिकहरूलाई सावधानी अपनाउन निर्देशन दिइसकेको छ । 

सोमबार सङ्क्रमण पुष्टि भएका व्यक्ति गत बुधवार सङ्क्रमण भेटिएका एक व्यक्तिको निकट सम्पर्कमा रहेको बताइएको छ । नयाँ सङ्क्रमित व्यक्ति र सङ्क्रमण क्षेत्रलाई स्वास्थ्यकर्मीले निकट अवलोकनमा राखेका छन् । 

बेइजिङका अधिकारीहरूले सरुवा रोग नियन्त्रण तथा रोकथाम महाशाखाको अगुवाइमा सङ्क्रमित भेटिएको स्थानमा अनुसन्धान र बृहत् न्युक्लियक एसिड परीक्षण सुरु गरेको बताएका छन् । 

चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको थियो । ती व्यक्तिहरू चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।

जियाङ्सु, हुनान, लियानिङ लगायतका क्षेत्रमा समुदायभित्रबाट सङ्क्रमित भेटिन थालेपछि आयोगले सतर्कता अपनाउन सम्बन्धित सबैलाई भनेको छ ।

ती क्षेत्रहरूमा विगतका केही दिनदेखि निरन्तर रूपमा नयाँ नयाँ सङ्क्रमितहरू देखिने गरेका छन् । चीनभित्रै सङ्क्रमणका नयाँ सूचनाहरू आइरहेका ती अधिकारीहरूले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ