arrow

भुटानमा भीम यूपीआईको सुरुवातले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने भारतीय वित्तमन्त्रीको भनाइ

logo
एजेन्सी
प्रकाशित २०७८ साउन १९ मंगलबार
india-finance-minister.jpg

नयाँ दिल्ली। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मङ्गलवार भुटानमा भीम यूपीआई क्यूआरमा आधारित भुक्तानीको थालनीले दुई छिमेकी राष्ट्रहरूबिचको सहयोगलाई अझ मजबुत बनाउने बताएकी छन्।

यो सेवा औपचारिक रूपमा वित्त मन्त्री सितारमणले वित्त राज्यमन्त्री भागवत के कराड, वित्तीय सेवा सचिव देबाशिष पान्डा र सहसचिव मदेनेश कुमार मिश्रको उपस्थितिमा एक भर्चुअल समारोहमा सुरुवात गरेकी हुन् । 

भुटानका अर्थमन्त्री लियोन्पो नाम्गे छिरिङ, भुटानको शाही मौद्रिक प्राधिकरण (आरएमए) का गभर्नर दशो पेन्जोर, भारतका लागि भुटानी राजदूत जनरल वी नाम्गेल, भुटानका लागि भारतीय राजदूत रुचिरा कम्बोज पनि उपस्थित थिए ।

भीम यूपीआई एप र रुपे कार्डलाई भुटानी भुक्तानी प्रणालीसँग जोड्नेमा आरएमए र भारतीय राष्ट्रिय भुक्तानी निगम (एनपीसीआई)को प्रयासको सराहना गर्दै वित्त मन्त्री सीतारमणले भनिन्, “ यो एकदम राम्रो उदाहरण हो । दुई देशबीच यस प्रयासले सहयोगलाई अझ सुदृढ बनाउनेछ ।“

यस प्रयासले हरेक वर्ष भुटान भ्रमण गर्ने करिब दुई लाख भारतीयहरूका लागि निकै सहयोगी र लाभदायक हुनेसमेत बताइएको छ । यस एपको प्रयोगसँगै युनिफाइड भुक्तान इन्टरफेसको मापदण्डहरू अपनाउने भुटान पहिलो देश बनेको छ । भुटान पनि रुपे कार्ड जारी गर्न र स्वीकार गर्नका साथै भीम यूपीआई स्वीकार गर्ने एक मात्र देश भएको छ । 

महामारीको बेलामा यूपीआई भुक्तानीको एक प्रभावकारी साधनको रूपमा काम गर्ने र डिजिटल भुक्तानीको आवश्यकतालाई पूरा गर्ने अपेक्षा गरिएको द प्रिन्टले लेखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ