arrow

जमर्नीले पनि गर्‍यो तेस्रो डोज खोप लगाउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
corona-vaccine-covid.jpg

काठमाडौं। जमर्नीको स्वास्थ्य मन्त्रालयले सेप्टेम्बरदेखि कोभिड१९ विरुद्धको खोपको तेस्रो डोज लगाउने निर्णय गरेकाे छ । डेल्टा भेरिअन्टको संक्रमणबढेसँगै 'बुस्टर डोज'को भनिएको तेस्रो डोज लगाउने तयारी जमर्नीको स्वास्थ्य मन्त्रालयले गरेको हो ।

स्वास्थ्य मन्त्री जेन्स स्पान र १६ वटा क्षेत्रियमन्त्रीहरुबीच सोमबार भएको छलफलपछि प्रतिरक्षा प्रणाली कमजोर भएका, खोपको प्रभावकारीता घटिरहेका र ईच्छुक व्याक्तिहरुलाई तेस्रो डोज खोप लगाउने निश्कर्षमा जमर्नी पुगेको हो ।

जमर्नीले फाइजर र मार्डनाको खोपलाई बुस्टर डोजकारुपमा लगाउने भएको हो । एस्ट्राजेनेका वा जे एन्ड जेको दुवै र एक डोज खोप लगाएकाहरुलाई समेत फाइजर या मोडर्नाको बुस्टर डोज लगाउन मिल्ने छ ।

जे एन्ड जे खाेप लगाएकाहरूकाे हकमा भने बुस्टर डाेज दाेस्राे मात्रा हुने छ भने, बाँकी खाेपकाे हकमा तेस्राे डाेज हुनेछ ।

यस्तै जमर्नीले १२ वर्षभन्दा माथि उमेरसमुहका बालबालिकाहरुलाई समेत खोप उपलब्ध गराउने तयारी गरेको छ । यसअघि इजरेलले पनि आफ्ना नागरिकहरुलाई बुस्टर डोज खोप लगाउनेबारे तयारी एवं छलफल गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ