arrow

उत्तरी सिक्किममा भारत र चीनद्वारा सैन्य हटलाइन स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
india-china.jpg

आइएनएन । भारत र चीनले उत्तरी सिक्किममा सैन्य हटलाइन स्थापना गरेका छन्। भारतीय रक्षा मन्त्रालयका अनुसार कोंगरा ला, उत्तरी सिक्किम र तिब्बती स्वायत्त क्षेत्रको खाम्बा जोङ्ग स्थित पीएलएमा भारतीय र चिनियाँ सेनाले हटलाइन स्थापना गरेका हुन्। 

हटलाइन स्थापनाले सीमा क्षेत्रमा विश्वास र सौहार्दपूर्ण सम्बन्धको भावना बढाउन महत्त्वपूर्ण मानिएको छ।

सन् २०२१ को अगस्ट महिनाको एक तारिख मा पीएलए दिवस को दिन यस हटलाइन को स्थापना गरिएको हो। दुवै देशका सशस्त्र बलसँग जमीनी कमांडर स्तर तह देखि संचार गर्न एक सुस्थापित तन्त्र रहेको छ। यस हटलाइन को माध्यमबाट विभिन्न सीमा‌ क्षेत्रमा शान्ति कायम गर्न सकिने छ।

उद्घाटन समारोहमा सम्बन्धित सेनाका कमाण्डरहरु उपस्थित थिए र यसै हटलाइन मार्फत मित्रता र सद्भावको सन्देश पनि आदानप्रदान भएको थियो। धेरै समय अगाडि देखि नै भारतीय सेना महानिर्देशनालय सैन्य परिचालन र चीनको पश्चिमी थियेटर कमाण्डको बीच यस्तो हटलाइन स्थापना को अपेक्षा गरिएको थियो।

फेब्रुअरी महिनामा विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्रीले टेलिफोनमा कुराकानी गरेका थिए। सो क्रममा दुवै नेताले लद्दाख विवादको पृष्ठभूमिमा दुई देशका विदेश मन्त्रालयहरु बीच नयाँ हटलाइन स्थापना गर्न सहमति जनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ