arrow

लकडाउन खुकुलो भएसँगै भारतमा माग अनुसार इन्धनको आपूर्ति हुँदै

logo
एजेन्सी
प्रकाशित २०७८ साउन १९ मंगलबार
petrol-pump.jpeg
फाइल तस्बिर

काठमाडौँ। कोरोना महामारीविरुद्ध जारी गरिएको लकडाउन खुकुलो भएसँगै गत महिना इन्धनको मागमा तीव्र वृद्धि भएको थियो। लकडाउन खुकुलो भएपछि सवारीसाधन सञ्चालनमा तीव्र वृद्धि भएको र इन्धन पम्पहरूमा भण्डारण अभाव हुँदा इन्धन अभाव भएको बताइएको थियो।

बिस्तारै लकडाउन खुकुलो भएसँगै इन्धनवाहक गाडीहरू पनि सञ्चालन भएकोले हाल माग अनुसार आपूर्ति भइरहेको बताइएको छ।

पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको पेट्रोलियम योजना र विश्लेषण कक्ष (पीपीएसी) को तथ्याङ्क अनुसार तेलको मागको लागि एक प्रोक्सी इन्धन खपत मेदेखि ८ प्रतिशतले बढेर १६.३४ मिलियन टन पुगेको थियो।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सबै कुराहरू अवरुद्ध हुँदा समस्या उत्पन्न भएको हो र आर्थिक गतिविधिमा कमी आएको थियो। इन्धनको उपभोगलाई मे महिनामा अगस्टदेखि तल्लो तहमा सारिएको थियो।

महामारी सङ्क्रमणका बाबजुद मेको चरम बिन्दुबाट कम भएको र गत महिना इन्धनको मागमा १.५ प्रतिशतले वृद्धि भएको छ।

राइस्ट्याड विश्लेषक सिमेन इलिआसेनले भने, “अगाडि बढ्ने बित्तिकै हामी सडक इन्धनको माग वर्षको अन्त्यसम्म पूर्व महामारीको स्तरमा पुगेको देख्छौँ।” उनले जेट विमानको इन्धन पनि एक लाख १५ हजार प्रति ब्यारेल भएको बताएका छन्।

एक वरिष्ठ सरकारी अधिकारीले शुक्रवार भारतको विनाशकारी दोस्रो कोरोना भाइरस लहर अझै सकिएको नसकिएका कारण फेरि समस्या हुनसक्ने पनि बताएका छन्। कोरोना महामारीको तेस्रो लहरको चेतावनीका बीच इन्धन आपूर्ति समस्या हुन नदिनका लागि प्रयासहरू भइरहेको समेत जनाइएको छ।

खाना पकाउने ग्यास वा लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) को वार्षिक मापनमा ९.७ प्रतिशतले वृद्धि भई २.२ मिलियन टन पुगेको छ। सडक बनाउनका लागि प्रयोग गरिएको बिटुमेनको बिक्री अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कम छ भने इन्धन १.९ प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ