arrow

'भारत-अमेरिका परमाणु सम्झौता रोक्न चीनले वामपन्थी दलको प्रयोग गर्‍यो'

भारतको आन्तरिक राजनीतिक घटनाक्रममा चीनको यो पहिलो हस्तक्षेप थियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
Vijay-Gokhale.png

आइएनएन ।  चीनले भारत अमेरिकी परमाणु सम्झौता रोक्न भारत विरोधी भावना राख्ने वामपन्थी दलहरू-भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टी-मार्क्सवादीको प्रयोग गरेको  विजय गोखलेले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । भारतीय पूर्व विदेश सचिव विजय गोखलेले आफ्नो पुस्तक 'द लङ गेम' मा  कसरी चीनले भारत सँग जालझेल गर्‍यो त्यसको दाबी गरेकाा छन् ।

पेङ्गुइन र्याण्डम हाउस इन्डिया द्वारा प्रकाशित यस पुस्तक मा भनिएको छ 'चीन ले भारत मा रहेका वामपन्थी दलहरु को उपयोग गरेको थियो। भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टी- मार्क्सवादी का शीर्ष नेताहरू बैठक वा चिकित्सा उपचारको बहाना मा चीन जाने गर्थे। सीमा प्रश्न र द्विपक्षीय चासोका अन्य मुद्दाहरू मा दुवै पार्टीहरू राष्ट्रवादी थिए। तर भारत अमेरिकी परमाणु सम्झौतालाई लिएर तिनमा चिन्ता थियो जसको बारे चीनलाई राम्रो जानकारी थियो।'

सन् २००७-०९ सम्म गोखले विदेश मन्त्रालयमा संयुक्त सचिव (पूर्वी एशिया) का रूपमा कार्यरत थिए। त्यसै समयमा भारत अमेरिकी परमाणु सम्झौताको निम्ति कुराकानी भइरहेको थियो। पुस्तक मा उनी लेख्छन्, ' भारतको आन्तरिक राजनीतिक घटनाक्रम मा चीन को यो पहिलो हस्तक्षेप थियो। ‌‌‌‌‌‌‌तर चीन हर समय पर्दा पछाडि रहेर काम गरिरहेको थियो।'

चीनी भाषामा प्रखर मानिने गोखलेका अनुसार त्यस अवधिमा जसरी चीनले भारतसँग अन्तरक्रिया गरेको थियो त्यो सन् १९९८ मा परमाणु परीक्षणको बखत उनीहरूले‌ अपनाएको स्थिति को ठिक विपरीत थियो।

त्यस समय भारतले एनएसजी सँग १२३ डिल र सफा छूटको माग गर्दै थियो। तर चीनले द्विपक्षीय बैठकमा कहिल्यै यो मुद्दा उठाएको थिएन, र भारतले यो मुद्दा उठाउँदा विरलै चर्चा भएको थियो।

यसैबिच, परमाणु सम्झौताको समयमा माकपाका महासचिव प्रकाश करातले यस दाबीलाई खण्डन गर्दै भनेका थिए, 'परमाणु सम्झौताको विरोध हाम्रो थियो किनभने यसले भारत अमेरिका रणनीतिक गठबन्धनलाई बलियो बनाउँदछ जसमा सैन्य सहयोग महत्त्वपूर्ण थियो। यही कारणले हामीले यसको विरोध गरेका हौँ। ”

माकपाका पूर्व महासचिवले भने, 'यस परमाणु सम्झौता बाट हामी रणनीतिक रूपमा अमेरिकामा पूर्णतया निर्भर हुन जाने हाम्रो बुझाइ थियो।'

उनी वा अन्य वामपन्थी नेताहरूले चीन सँग यस सम्बन्ध मा छलफल गरे वा नगरेको प्रश्नमा उनले भने का थिए, 'हामी ले कुनै प्रकारको छलफल गरेका छैनौँ।'

विजय गोखलेको पुस्तक 'द लङ गेम'  मा ६ वटा विषयहरू राखिएका छन्। विगत ७५ वर्ष मा कसरी चीन र भारतको कुराकानी भयो, कसरी चीनले फाइदा उठायो, कसरी भारतले चीन को तिब्बतलाई मान्यता दियो, पोखरण, सिक्किममा भएको परमाणु परीक्षण, भारत अमेरिकी परमाणु सम्झौता, र संयुक्त राष्ट्र सुरक्षा परिषद् मा मसूद अजहरलाई 'विश्व आतङ्कवादी' को रूपमा सूचीकृत गरिनु यी सबै विषय गाभिएका छन्।

गोखले एक भारतीय विदेश सेवा अधिकारी को रूप मा कूटनीतिक कार्यका लागी हंकंग, हनाई, बेइजिङ र न्यु योर्क को भ्रमण गरिसकेका छन्। सन् २०१६ जनवरी २० तारिख देखि सन् २०१७ अक्टोबर २१ सम्म उनी चीनका लागि भारतीय राजदूतका रूपमा नियुक्त थिए। उनी हाल नयाँ दिल्ली स्थित  बुद्धिजीवी समूह का एक गैर निवासी वरिष्ठ अधिकारी का रूपमा कार्यरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ