arrow

अफगानिस्तानमा ७५ प्रतिशत खानी क्षेत्र तालिबान जस्ता शक्तिको कब्जामा

logo
एजेन्सी
प्रकाशित २०७८ साउन २० बुधबार
cole-mine.jpg

काबुल। अफगानिस्तानमा ७५ प्रतिशत खानी क्षेत्रहरू विद्रोही लडाकु समूह तालिबान जस्ता शक्तिको नियन्त्रणमा पुगेको छ। अफगानिस्तानमा ७५ प्रतिशत खानी क्षेत्रहरू तालिबान र स्थानीय शक्तिशाली व्यक्तिहरूको नियन्त्रणमा पुगेको बताइएको हो।

अफगानिस्तानमा ठुलो मात्रामा राजस्व सङ्कलन हुने क्षेत्रमध्ये खानी क्षेत्र एक हो । अफगानिस्तान खानी तथा पेट्रोलियम मन्त्रालयका अनुसार सात सय अठचालिस खानी क्षेत्रहरूमध्ये दुई सय एकासी क्षेत्रहरू सरकारको स्वामित्वमा, दुई सय त्रियासी क्षेत्रहरू तालिबान र बाकी क्षेत्रहरू स्थानीय शक्तिशाली व्यक्तिहरूको कब्जामा रहेको छ।

सरकारको नियन्त्रणमा काबुलमा एक सय उनन्चालिस, बदाख्शनमा सैँतिस, फराहमा चौबिस, लोगरमा उन्नाइस, खोस्टमा तेह्र र अन्य विभिन्न एघार प्रान्तहरूमा उनन्चास वटा खानीहरू रहेका छन्। त्यस्तै तालिबानको कब्जामा बदाख्शनमा एक सय पैसठ्ठी, हेलमन्दमा सोह्र, नुरिस्तानमा एघार, कुन्दुजमा एघार, उरुज्गनमा आठ र अन्य विभिन्न एक्काइस प्रान्तहरूमा बहत्तर वटा खानी क्षेत्रहरू रहेका छन्।

एक खर्ब अमेरिकी डलर बराबरको मिनिरल उत्पादन हुने अनुमान गरिएको मिनिरल धनी मुलुक अफगानिस्तानले खानी क्षेत्रमा नियन्त्रण गुमाइरहेको छ। अफगानिस्तानले खानी क्षेत्रबाट प्रत्येक वर्ष तीस करोड अमेरिकी डलर बराबरको राजस्व घाटा बेहोर्नु परेको अवस्था छ।

कमजोर सुरक्षा व्यवस्था, फितलो  कानुनी व्यवस्था, भ्रष्टाचार जस्ता विभिन्न कारणले खानी क्षेत्रको विकास हुन नसकेको विश्लेषण याहु न्युजले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ