arrow

भारत आफैले बनायो सबैभन्दा ठुलो विमान बोक्ने पोत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
india-pot.jpg

आइएनएन । भारतको पहिलो स्वदेशी विमान वाहक (आईएसी) विक्रान्त को समुद्री परीक्षण सुरु गरिएको छ। सन् १९७१ को भारत-पाकिस्तान युद्ध को विजय महोत्सव को ५० औँ वर्षगाँठ को समय यस विमान को परीक्षण हुन लागिएको हो।

भारतीय नौसेना ले एक ट्विटमा लखेको छ , "सन् १९७१ को भारत-पाकिस्तान युद्ध को विजय महोत्सव को ५० औँ वर्षगाँठ को समय यस विमान को परीक्षण हुन लागिएको हो। यो हाम्रो लागि एक एतिहासिक दिन हो। विक्रान्त भारतमा योजना बनाइएको र निर्माण गरिएको अहिले सम्मको सबैभन्दा ठुलो र जटिल युद्ध पोत हो। यस्ता अरू धेरै विमान को निर्माण हुनेछ।"

विक्रान्त भारतमा योजना बनाइएको र निर्माण गरिएको अहिले सम्मको सबैभन्दा ठुलो र जटिल युद्ध पोत हो। यस विमानले मिग-२९के लडाकु विमान, कामोभ-३१ हवाई सङ्कट सूचना दिने हेलिकप्टर, एमएच-६० आर बहुपक्षीय हेलिकप्टर र स्वदेश निर्मित अत्याधुनिक हल्का हेलिकप्टर सञ्चालन गर्न सक्दछ।

यस विमानले लामो दुरीमा हवाई हमला गर्न सक्दछ। साथै यस विमानमा वायु निषेध, सतह विरोधी युद्ध, आक्रामक र रक्षात्मक हवाई हमला, हवाई पनडुब्बी रोधी युद्ध, प्रारम्भिक हवाई चेतावनी दिन सक्ने क्षमता रहेको छ।

यसअघि जून महिनामा रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को मध्य देखि पहिलो स्वदेश निर्मित विमान आईएनएस विक्रान्तको नाम मा सञ्चालनमा आउने बताएका थिए।

विमान निर्माण को प्रक्रिया हेर्न रक्षा मन्त्री केरल को कोची मा विक्रान्त को निर्माण स्थलमा पुग्नुभएको थियो। यो विमान को निर्माण कार्य सन् २०२० को नोभेम्बर महिनामा पूरा भएको थियो। त्यस बेला रक्षा मन्त्री राजनाथ सिंहलाई विमानको सफल परीक्षण बारे जानकारी दिइएको थियो।

रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, "यो आत्मनिर भारत र भारतमा निर्माण पहल अन्तर्गत एक गौरवशाली ऐतिहासिक क्षण हो।"

"स्वदेशी विमान वाहक को निर्माण सँगै, भारत पनि ती देशको रूपमा सूचीकृत भएको छ जसले स्वदेश मै एक अत्याधुनिक विमान वाहक को निर्माणको निम्ति योजना बनाउन सक्छ, निर्माण गर्न सक्छ र एकीकृत गर्न सक्छ।"

विज्ञप्तिमा अगाडि भनिएको छ, "कोभिड १९ को चुनौतीको बाबजुद सम्बद्ध सबै सरोकारवालाको समर्पित प्रयास का कारण यो उपलब्धि हासिल गर्न सकिएको हो।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ