arrow

तालिबानी समूहद्वारा कान्दाहारमा आक्रमण तीव्र बनाएपछि अमेरिकी सेनाद्वारा हवाई आक्रमण

logo
एजेन्सी
प्रकाशित २०७८ साउन २० बुधबार
US-army-force-afghanistan.jpg
फाइल तस्बिर

काबुल। अमेरिकी सेना अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा फिर्ता भइसक्ने घोषणासँगै तालिबानी समूहले अफगानिस्तानका विभिन्न क्षेत्रमा आक्रमणलाई तीव्र बनाएको छ। तालिबानी समूहले आक्रमणलाई तीव्र बनाएपछि अफगानिस्तानमा रहेको अमेरिकी सेनाले ती घटनालाई रोक्ने प्रयास गरिरहेको छ।

तालिबानी आक्रमणको बढ्दो आशङ्काको कारण अमेरिकाले दक्षिणी अफगानिस्तानको कान्दाहारमा हवाई हमला बढाएको छ। अफगानिस्तानको दोस्रो ठुलो सहर र तालिवान आन्दोलनको आध्यात्मिक राजधानी कान्धाहारमा कुनै आक्रमणका घटनाहरू नगर्न पनि तालिबानी समूहलाई धम्की दिइएको छ।

कान्दाहारको पतनले काबुलमा रहेको अमेरिकी समर्थक सरकारलाई ठुलो चोट पुर्‍याउने तालिबानी समूहको विश्लेषण रहेको छ। सरकारले आफ्ना नागरिकलाई शान्ति दिन खोजेको भए पनि तालिबानले इलाकाको इलाका कब्जा गरिसकेको बताइएको छ। अमेरिकी सेनाले उक्त सहर कब्जाबाट फिर्ता गराउनका लागि तालिबानी समूहमाथि हवाई हमला गरेको छ। 

पछिल्ला दिनहरूमा करिब एक दर्जन हवाई हमला अफगानिस्तानमा अमेरिकी सेनाले गराएको पाइएको छ। राष्ट्रपति जो बाइडेन र पेन्टागनस्थित रक्षा मन्त्रालयद्वारा व्यक्त गरिएको विश्वासको बाबजुद पनि अफगान सशस्त्र सेनाले तालिबानीविरुद्ध लड्न सकिरहेका छैनन्। अमेरिकी सेनाले अगस्टको अन्त्यसम्म अफगानिस्तान छोड्ने सङ्केत गरेको छ। 

करिब ६ लाख जनसङ्ख्या भएको कान्दाहार तालिबानी नेता मुल्ला उमरको घर भएको ठाउँ हो। उनको अमेरिकी सेनाको आक्रमणमा मृत्यु भएको थियो। तालिबान पछिल्ला हप्ताहरूमा कान्दाहार  सहरबाट दर्जनौँ माइल अगाडी बढेको छ। 

तालिबानी समूहले आक्रमणलाई तीव्र बनाएसँगै अफगानिस्तानले भारतलाई सैन्य सहयोगको लागि आग्रह गरेको छ। भारतले राजनीति संवादको माध्यमबाट अफगानिस्तानमा शान्ति स्थापना गर्नुपर्ने जोड दिँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ