arrow

यूएईका बालबालिकालाई पनि चिनियाँ खोप लगाइने

logo
सिन्ह्वा,
प्रकाशित २०७८ साउन २० बुधबार
UAE-flag.jpg

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ । 

यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो ।  

मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइने भएको हो ।

खोपका बारेमा गरिएको चिकित्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि खोप लगाउन सकिने निष्कर्ष निकालिएको अधिकारीहरूले जनाएका छन् । 

बालबालिकालाई कोरोनाभाइरसविरुद्धको खोप लगाउन अरू देशहरूले आँट नगरिरहेका बेला यूएईले गरेको निर्णयबाट धेरैलाई खुसी तुल्याएको छ । 

“बालबालिकालाई पनि खोप लगाएपछि कोरोनाभाइरसको महामारीविरुद्ध लड्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ,” राज्यद्वारा सञ्चालित समाचार संस्थाले सम्प्रेषण गरेको समाचारमा उल्लेख गरिएको छ । 

चीनमा विकास गरिएको र विश्वका धेरै देशमा प्रयोग भइरहेको सिनोफार्म खोप यूएईमा पनि उत्पादन गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ